शनिबार, चैत्र १८, २०७९
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि मतदान शुरु


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ४, २०७९
  • 50
    SHARES

काठमाडौं । नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि निर्वाचन शुरु भएको छ।

नेतृत्वका लागि मोहन निरौला र रेजिना उप्रेतीको प्यानल घोषणा भएको छ। मतदानका लागि आज अभिनेत्री रेखा थापा, सञ्चिता लुईटेल, कलाकार केदार घिमिरे,अभिनेता सुनिल थापा, अभिनेत्री रिमा विश्वकर्मा लगायतका कलाकारहरुको उपस्थिति रहेको थियो। उप्रेतीको प्यानलमा उपाध्यक्षमा शिवहरि नेपाल (बैरागी) र सरिता गिरीको उम्मेदवारी रहेको छ भने महासचिवमा पनाह अधिकारीको उम्मेदवारी रहेको छ।

त्यस्तै सचिव पदमा जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई उहाँको प्यानलबाट उम्मेदवार छन। त्यस्तै सदस्य पदमा उनको प्यानलबाट रञ्जना खड्का (खुश्बु), खिन्न भण्डारी, निर्मल स्याङत्याङ, लक्ष्मण चौलागाईं, ईश्वरवल्ल्भ उप्रेती, दिलबहादुर दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोईराला, भिमसेन बजगाईं र दिनेश अवालको उम्मेदवारी रहेको छ । निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बम्जन (डीबी) र कविता गेलाल छन भने महासचिवमा सविन श्रेष्ठ रहेका छन।

सचिवमा रामेश्वर बुर्लाकोटीको उम्मेदवारी परेको छ । त्यस्तै कोषाध्यक्षमा सुनिल कटुवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य छन । सहकोषाध्यक्षमा उम्मेदवारी दिएकी आचार्य निर्विरोध निर्वाचित भएकी छिन। सदस्यहरुमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा रहेका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ