बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

संघ, प्रदेश सरकार र राजनीतिक नियुक्तिहरुको भागबन्डा प्याकेजमा टुंग्याउनुपर्छ : सांसद यादव


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ५, २०७९
  • 127
    SHARES

काठमाडाैं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ फास्टट्रयाकमा पास गर्नुपर्ने बताउनुभएको छ ।

आइतबार प्रतिनिधि सभा बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद यादवले सो विधेयकलाई समितिमा नलगि संसदभित्र छलफल गरी फास्टट्रयाकमा पास गर्नुपर्ने बताउनुभएको हो । उहाँले यसलाई पास गर्न निकै ढिलो भएको भन्दै अझै ढिलो गरेमा दुर्घटना हुने बताउनु भयो । विधेयकलाई संसदभित्रै छलफल गरेर टुंग्याउनुपर्ने उहाँले बताउन भयो ।

उहाँले भन्नुभयो, ‘यो महत्वपूर्ण कुरा हो । यसलाई फास्टट्रयाकमा नै लानुपर्छ । समितिमा जानुपर्दैन । संसदभित्र नै छलफल गरेर, संसदभित्र बाटनै फाष्टट्रयाकमा पास गर्नुपर्छ । ढिलो गर्‍याे भने दुर्घटना हुन्छ । त्यसकारण यसलाई चाँडै सकाउनुपर्छ र संसद भित्र नै छलफल गरेर टुंग्याउनुपर्छ ।’

उहाँले गठबन्धनभित्र संघ र प्रदेश सरकारको भागबन्डाका साथसाथै संवैधानिक पदहरुमा नियुक्तिको विषय पनि प्याकेजमा टुग्यांउनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }