
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवम् गोरखा क्षेत्र नं १ का सांसद राजेन्द्र बजगाईले रासायनिक मलको अनुदान कटौती खारेज गरि अनुदान यथावत् गर्ने सरकारी निर्णय स्वागतयोग्य भएको बताउनुभएको छ ।
सांसद बजगाईले आज सामाजिक सञ्जाल फेसबुकमार्फत रासायनिक मलको अनुदान कटौती खारेज गरि अनुदान यथावत् गर्ने सरकारी निर्णय स्वागतयोग्य भएको बताउनुभएको हो ।
उहाँले मल आपूर्तिमा नेपालले भारत अमेरिका साउदी अरेबिया कुनै पनि राष्ट्रसंग जि टु जि गर्नसक्ने बताउनुभएको छ । सांसद बजगाईले विना विलम्ब मल आपूर्ती गर्नसमेत सरकारलाई आग्रह गर्नुभएको छ ।