बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

दाङमा कार्यरत निरज भण्डारी फागुनको उत्कृष्ट ट्राफिक प्रहरी घोषित


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ६, २०७९
  • 318
    SHARES

काठमाडौँ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङमा कार्यरत ट्राफिक प्रहरी जवान निरज भण्डारी लुम्बिनी प्रदेशभरको उत्कृष्ट ट्राफिक प्रहरी घोषित भएका छन् ।

झण्डै एक दशकदेखि नेपाल प्रहरी र ट्राफिक प्रहरीमा कार्यरत भण्डारीले दाङ जिल्लाको तुलसीपुर बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन, पार्किङ व्यवस्थापन, जेब्राक्रसिङ मार्किङ तथा चोरी गरी चलाएका लु ४३ प ४०५४ र रा ३ प ४६५८ नम्बरको मोटरसाईकल र कागजपत्र नभएका ३८ सवारी साधन नियन्त्रण लिएका थिए ।

भण्डारीलाई नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले महिनाको उत्कृष्ट ट्राफिक प्रहरी छनोट कार्यविधि २०७९ अनुसार फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो ।

उत्कृष्ट प्रहरी भण्डारीलाई लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक कृष्ण प्रसाईँले एक कार्यक्रमका बीच सम्मान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }