शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

१ अर्ब लगानीमा लाँकुरी भञ्ज्याङमा टेरेस रिसोर्ट एण्ड स्पा सञ्चालन


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र ९, २०७९
  • 654
    SHARES

काठमाडौं । भक्तपुरको लाँकुरी भञ्ज्याङमा ‘दि टेरेस रिसोर्ट एण्ड स्पा’ सञ्चालनमा आएको छ ।

भक्तपुर र ललितपुरको संगम काठमाडौं उपत्यकाको रमणीय स्थल लाँकुरी भञ्ज्याङमा आन्तरिक तथा बाह्य पर्यटकको लागि पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको एस्ट्रेक समूह र अर्जुन शर्माको अग्नि समूहले दि टेरेस नामक रिसोर्ट एण्ड स्पा सञ्चालनमा ल्याएका हुन्।

रिसोर्ट सञ्चालनमा आएसँगै पर्यटकीय तथा रमणीय स्थल लाँकुरी भञ्ज्याङ आन्तरिक तथा बाह्य पर्यटकको लागि सहज बन्ने बताइएको छ।

नेपाल आउने विलासी पर्यटकहरुलाई राजधानीको निकट तथा शान्त वातावरणमा हिमालयको दृश्यावलोकन रिसोर्टको शयन कक्षबाटै देख्न सकिन्छ।

रिसोर्टबाट पूर्वमा सगरमाथादेखि पश्चिममा धवलागिरिसम्मका हिमश्रृंखलाका मनमोहक दृश्य देख्न सकिने जनाइएको छ। जसमा लाङटाङ हिमाल, जुगल, गौरीशंकर हिमाल समेतको दृश्यावलोकन गर्न सकिनेछ।

होटलका सञ्चालक पर्यटन व्यवसायी आङछिरिङ शेर्पाले ३८ वर्षअघि नेपाल आउने विलासी पर्यटकहरूलाई राजधानीको निकट तथा शान्त वातावरणमा रिसोर्ट बनाउने सोचसहित जग्गा खरिद गरेको र सोही अनुसार आएको सोचलाई वास्तविकतामा परिणत गरेको बताए।

उनले ३८ वर्षअघि सामान्य खेतीपाती गर्ने जग्गा किनेर पर्यटकीय स्थल बनाउने सोच अहिले आएर पूरा भएको बताए।
त्यस्तै, रिसोर्टका प्रवन्ध निर्देशक तेन्जिङ डेभिड शेर्पाले रिसोर्टमा अहिलेसम्म करिब १ अर्ब रुपैयाँ लागत लागेको बताए।

उनले बुबाले ३८ वर्षअघि गरेको लगानी जोड्दा त्यसको मूल्य धेरै हुने बताए। उनले रिसोर्ट निर्माण कार्य सन् २०१४ मा सुरूवात गरेपनि भूकम्प, नाकाबन्दी, कोरोना महामारीको कारण ७ वर्ष निर्माण कार्यमा लागेको बताए।

उनले होटल संघ नेपालसँग रिसोर्टलाई लक्जरी स्तरको मान्यतामा राख्नका लागि लभिङ गरिरहेको पनि बताए। उनले रिसोर्टमा नेपाली तथा विदेशी पर्यटक दुवै आउने बताए।

यस्तै, उनले रिसोर्टमा ट्राभल कम्पनीहरूले व्यवस्था गरेमा हेलिकोप्टरमार्फत रिसोर्ट ल्याउन र लैजान सकिने गरी हेलिप्याडको निर्माण गरिएको समेत उल्लेख गरे।

रिसोर्टबाट काठमाडौं उपत्यका र हिमाली क्षेत्रको दृश्य अझ लोभलाग्दो देखिन्छ। रिसोर्टको मुख्य प्रवेशद्वारबाट प्रवेश गर्ने वित्तिकै देखिने दृश्य साँच्चिकै मनमोहक छ।

रिसोर्ट र हिमालयको बीचको दूरी कुनै समुन्द्र जस्तो देखिन्छ। रिसोर्टबाट रातिको समयको काठमाडौं उपत्यकाको दृश्य अझ मनमोहक देखिन्छ।

४० रोपनी जमिनमा फैलिएको यो रिसोर्टमा दुई सुईट रुम छन्। लिभिङ रुम, बेडरुम, बाल्कोनी, ज्याकुजीसहितको यी कोठाहरू विलासी पर्यटक लक्षित छन्।

सम्पन्न पर्यटकहरूलाई नै लक्षित गरेर १६ वटा डिलक्स रुमको व्यवस्था छ। त्यस्तैगरी मध्यमवर्गीय पर्यटकलाई लक्षित गरी स्टाण्डर्ड रुमको व्यवस्था छ।

रिसोर्ट वरिपरिको वन जंगल मासिन नपाओस् भनेर ८०० रोपनी जंगल लिजमा समेत लिइएको छ। तारबार गरी संरक्षण समेत गरिएको यो जंगल प्रकृतिप्रेमी पर्यटकका लागि वरदान हुने रिसोर्टले बताएको छ।

रिसोर्टमा स्वस्थ र स्वच्छ हावाको प्रत्याभुतिको माध्यम पनि जंगल बन्ने देखिन्छ। जंगलमा रुख बिरुवालाई असर नपर्ने गरी तरकारी र जडिबुटी खेती गर्ने योजना रहेको बताइएको छ।

रिसोर्टमा खुला स्वीमिड. पुल र ज्याकुजी पनि छ। पाहुनाहरूको मनोरञ्जनको लागि २ वटा विलियर्ड रुम छन्।

यहाँ योगा, स्पा र जिमका अलग अलग कक्षहरू छन्। यहाँ नेपाली, भारतीय, कन्टिनेन्टल र भूमध्यसागरीय क्षेत्रका परिकारहरू पाइन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }