बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले पायो ‘एनएबीएच’ मान्यता


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र ९, २०७९
  • 147
    SHARES

काठमाडौँ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले नेशनल एक्रिडिटेशन बोर्ड फर हस्पिटल एण्ड हेल्थ केयर प्रोभाईडर्स (एनएबीएच) मान्यता प्राप्त गरेको छ ।

नेपालमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको ग्राण्डीले आज भारतको स्वास्थ्य मन्त्रालयको गुणस्तर मापन विभागबाट एनएबीएच मान्यता प्राप्त गरेको हो । ग्राण्डीलाई विरामी हेरचाहमा राम्रो काम गरेको भन्दै उक्त मान्यता प्रदान गरिएको हो ।

अस्पतालका मेडिकल डाइरेक्टर डा विनोद विजुक्छेले ग्राण्डीले गुणस्तरीय स्वास्थ्य उपचार, विश्वस्तरिय प्रविधि, अन्तर्राष्ट्रिय मापदण्डको विरामीमैत्री पूर्वाधार पुरा गरेकाले उक्त मान्यता प्राप्त गरेको बताउनुभयो ।

ग्राण्डीले स्वास्थ्यका राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्ड तथा मार्गनिर्देशिकालाई पालना गरेकाले एनएबीएच मान्यता प्राप्त गरेको सो अस्पतालले जनाएको छ । विस २०६९ सालमा स्थापना भएको ग्राण्डीले हाल २०० शैयामार्फत विरामीलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }