बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउँछ : मन्त्री श्रेष्ठ


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ११, २०७९
  • 158
    SHARES

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन्।

मन्त्रालय बाँडफाँटको विषयमा सत्तारूढ दलहरूबीच किचलो बढिरहेका बेला माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले सो दाबी गरेका हुन्।

शनिबार ललितपुर चेम्बर अफ कमर्शले ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा रहेको उल्लेख गर्दै सो समस्या समाधानका लागि सरकारले सम्बन्धित पक्षसँग आवश्यक परामर्श गरी प्रभावकारी कदम चाल्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

उपप्रधानमन्त्री श्रेष्ठले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार उद्योगी, व्यवसायीहरूसँग निरन्तर संवादमा रहिरहने आश्वासन पनि दिए।

कार्यक्रममा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले आम उपभोक्तालाई सस्तो र गुणस्तरीय वस्तुको उपयोग गराउने काममा तीनवटै तहका सरकारले मिलेर काम गर्नुपर्ने आवश्कता औंल्याइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }