शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

माओवादी केन्द्र बैठक : चैत्र १३ गते सम्म मन्त्रीपरिषदलाई पूर्णता दिने निर्णय


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ११, २०७९
  • 89
    SHARES

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले यही चैत्र १३ गते (सोमबार) सम्ममा मन्त्रीपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ।

पार्टी केन्द्रिय कार्यालयमा पेरिसडाँडामा शनिबार अपरान्ह बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो। पर्सीसम्ममा मन्त्रीपरिषदलाई विस्तार गरी डेलिभरीका कामहरुलाई तीव्रता दिने निर्णय पार्टी पदाधिकारी बैठकले गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

बैठकमा संसदलाई गतिशील र प्रभावकारी ढंगले अघि बढाउने विषयमा पनि सत्तारुढ दलहरुबीच छलफल गर्ने विषयमा छलफल गरिएको थियो। त्यसैगरी संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउनुपर्नेमा नेताहरुले जोड दिएका सचिव पौडेलले बताए।

उनले भने, ‘एउटा संसदलाई सुचारु गर्ने बारमा कसरी जाने र विभिन्न गठबन्धनमा रहेका पार्टीहरुसँग छलफल गरेर संसदलाई प्रभावकारी, गतिशील ऐन, कानुनहरु पनि बनाउनेलगायतका विषयमा समिक्षात्मक छलफल भयो। दोस्रो, क्याविनेटको विस्तार बढिमा पर्सीसम्ममा छिटो भन्दा छिटो क्याविनेट विस्तार गरेर डेलिभरीका कामहरु सुरुवात गर्ने भन्ने बारेमा छलफल भयो। तेस्रो चाँही सरकार र पार्टीलाई कसरी जोडने भन्ने बारेमा पनि कुरा भयो। गठबन्धनलाई साथमा लिएर जनताले उठाएको जनसरोकारका विषयहरु पार्टीसँग जोडेर पार्टी र सरकारलाई सँगै लिएर जाने र प्रदेशका सरकारहरु पनि संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रदेश सरकारलाई पनि गतिशील बनाउने गरी अघि बढने यिनै बारेमा संक्षिप्त कुराकानी भयो।’

बैठकमा नेताहरुले पार्टी र सरकारका कामकारबाहीलाई जोडेर अघि बढाउने विषयमा पनि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }