बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

२२ अर्ब १० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १२, २०७९
  • 148
    SHARES

काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ अर्ब १० करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले सोमवार सो रकम बराबरको ट्रेजरी बिल जारी गर्ने भएको हो ।

राष्ट्र बैंकले २८ दिन अवधिको लागि ५ अर्ब रुपैयाँ, ९१ दिन अवधिका लागि ११ अर्ब ५० करोड २५ लाख रुपैयाँ, १८२ दिन अवधिका लागि ६० करोड रुपैयाँ, र ३६४ दिन अवधिका लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । यीमध्ये ९१ दिन अवधिको ५ अर्ब नयाँ बिल जारी गर्न लागेको हो ।

उक्त ट्रेजरी बिल २८ दिनको आगामी वैशाख १२ गते परिपक्व हुनेछ । ९१ दिन अवधिको आगामी असार १२ गते परिपक्व हुनेछ भने १८२ दिन अवधिको आगामी असोज ९ गते र ३६४ दिन अवधिको आगामी चैत १३ गते परिपक्व हुनेछ । यो ट्रेजरी विल सोमवार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल हुनेछ ।

उक्त बोलकबोलमा बैंक तथा वित्तीय संस्था, तथा सर्वसाधारण नागरिकले सहभागि हुन सक्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }