बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

उपनिर्वाचनका लागि दल दर्ता गर्ने समय आज सकिँदै


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १२, २०७९
  • 125
    SHARES

काठमाडौं । आगामी बैशाख १० गते चितवन–२, तनहुँ–१ र बारा–२ मा हुने उपनिर्वाचनको लागि दल दर्ता गर्ने समय आइतबार सकिँदैछ ।

निर्वाचन आयोगले चैत ८ गतेदेखि चैत १२ गतेसम्म दल दर्ताको समय निर्धारण गरेको थियो ।

आयोगका अनुसार नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्दछ ।

आयोगले चैत १६ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने जनाएको छ । यसैगरी, चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ भने २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गरिनेछ ।

यसअघि रवि लामिछानेले जितेको चितवन –२, रामचन्द्र पौडेलले जितेको तनहुँ १ र रामसहायप्रसाद यादवले जितेको बारा–२ मा उपनिर्वाचन हुन लागेको हो ।

पौडेल राष्ट्रपति निर्वाचित भएपछि खाली भएको तनहुँ क्षेत्र नम्बर १, यादव उपराष्ट्रपति निर्वाचित भएपछि खाली भएको बारा क्षेत्र नम्बर २ र लामिछानेको सांसद पद गएपछि खाली भएको चितवन क्षेत्र नम्बर २ मा आगामी वैशाख १० गते प्रतिनिधि सभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }