
काठमाडौं । राष्ट्रिय सभा सांसद खिमलाल देवकोटाले सभामुखको अधिकारलाई कटौती गर्नेकुरा गलत भएको बताउनुभएको छ । आईतवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले अनावश्यक रुपमा सभामुखको अधिकारलाई कटौती गर्ने, हस्तक्षेप गर्ने वहस चलिरहेको बताउनु भयो । उहाँले प्रतिनिधि सभामा छलफलमा रहेको यो प्रावधान राष्ट्रिय सभामा पनि आउनसक्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रतिनिधि सभामा प्रतिनिधि सभा नियमावलीको छलफल भइरहेको छ । त्यहाँ अनावश्यक रुपमा सभामुखको अधिकारलाई कटौती गर्ने, हस्तक्षेप
गर्ने, वहस भइरहेको छ । त्यो गलत हो । त्यस्तो परम्परा यहाँ पनि प्रवेश होला जस्तो मलाई लाग्छ । त्यो नगरियोस् ।’ राष्ट्रिय सभामा पनि अध्यक्षको अधिकार कटौतीको विषयले प्रवेश पाउनसक्ने भन्दै त्यस्तो नगर्न आग्रह गर्नुभयो ।