बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने युवतीलाई अन्तरिम राहत दिन अस्वीकार


  • माउन्टेन खबर
  • आइतवार, चैत्र १२, २०७९
  • 143
    SHARES

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लगाएकी युवतीलाई अन्तरिम राहत दिन अस्वीकार गरेको छ ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले शुक्रबार उक्त आदेश गरेको हो । यस्तै, अन्तिम फैसलाका लागि सबै अंग पुगिसकेकाले फैसलाकै समयमा उक्त विषयको टुंगो लगाइने आदेशमा उल्लेख छ ।

‘मुद्दामा अंग पुगी पेशीको तारेख तोकिएको मिसिल संलग्न तारेख भर्पाइबाट देखिँदा प्रस्तुत मुद्दामा फैसला हुँदाको बखत कानूनबमोजिम हुने नै हुँदा हाल निवेदन मागबमोजिम क्षतिपूर्ति भराइदिनु पर्ने अवस्था देखिएन ।’ आदेशमा भनिएको छ ।

१५ फागुनमा सर्वोच्च अदालतले पीडितको लागि आवश्यक मानसिक शारीरिक स्वास्थ्य उपचारको खर्च पीडित राहत कोषबाट अन्तरिम क्षतिपूर्तिको रूपमा उपलब्ध गराउन काठमाडौं जिल्ला अदालतलाई आदेश दिएको थियो ।

सर्वोच्चको उक्त आदेशपछि युवतीले आफूलाई सामाजिक परामर्श आवश्यक भएकाले विज्ञसँग उपचार गराइरहेको जानकारी गराउँदै भरणपोषणका लागि क्षतिपूर्ति पाउँ भनी जिल्ला अदालतमा निवेदन दिएकी थिइन् ।

अब अन्तिम सुनुवाइका लागि सोमबार जिल्ला अदालतमा पेशी तोकिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }