शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सन्दिपको मुद्दामा अन्तिम सुनुवाइ आज हुँदै


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १३, २०७९
  • 130
    SHARES

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध मुद्दामा सोमबार अन्तिम सुनुवाइ हुने भएको छ । सन्दिपविरुद्धको बलात्कार मद्दामा सर्वोच्च अदालतले सोमबार पेशी तोकेको सन्दीपका अधिवक्ता सरोजकृष्ण घिमिरे जानकारी दिएका हुन् ।

शुक्रबार जाहेरवाला किशोरीले अन्तरिम राहत माग गर्दै दायर गरेको रिटमा जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले अन्तरिम राहत दिन नपर्ने आदेश सुनाएको थियो । यसको टुंगो अन्तिम फैसलाकै क्रममा लगाउन उचित हुने भन्दै तत्काल अन्तरिम राहत दिनु नपर्ने जिल्ला अदालतको आदेश दिएको थियो ।

सन्दिपलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर, जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान भने प्रतिबन्धको शर्तसहित आदेश जारी गरेकोे थियो । त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान लागेको प्रतिबन्ध फुकुवा गर्दै यो मुद्दा तत्काल टुंग्याउन जिल्ला अदालतलाई आदेश दिएको हो ।

सन्दीपविरुद्ध गत भदौमा एक किशोरीले जबरजस्ती करणीको आरोप लगाएकी थिइन् । सन्दिप उच्च अदालतको आदेशपछि सन्दीप रिहा भएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }