शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १३, २०७९
  • 116
    SHARES

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि (मंगलबार) बस्दैछ । बैठक बिहान ९ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ ।

बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत लिएको १ हप्ता पुग्दा पनि सत्तारुढ दलले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

प्रधानमन्त्री प्रचण्डले १६ मन्त्रालयको भार बोकेको झण्डै २ महिना पुग्न लागेको छ । कांग्रेसमा आकाङ्क्षी बढी हुँदा मन्त्री बन्नेको नाम टुङ्गो लगाउन सकस परेको छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }