बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १३, २०७९
  • 123
    SHARES

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि अन्तिम सुनुवाई हुँदैछ । गत फागुन १५ गते फास्ट ट्र्याकबाट मुद्दा किनारा लगाउन सर्वोच्च अदालतले दिएको आदेशअनुसार आजदेखि जिल्ला अदालत काठमाडौंमा अन्तिम सुनुवाई हुने भएको हो । उनको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा परेको छ ।

यसअघि शुक्रबार जाहेरवाला किशोरीले अन्तरिम राहत माग गर्दै दायर गरेको निवेदनमा सुनुवाइ भएको थियो । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले अन्तरिम राहत दिन नपर्ने आदेश सुनाएको छ । यसको टुंगो अन्तिम फैसलाकै क्रममा लगाउन उचित हुने भन्दै तत्काल अन्तरिम राहत दिनु नपर्ने जिल्ला अदालतको आदेशमा उल्लेख छ ।

लामिछानेलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । तर जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गर्दै सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दियो । उच्च अदालतले सन्दीपलाई काठमाडौं छाड्न अनुमति लिनुपर्ने र विदेश जान भने प्रतिबन्ध लगाउने आदेश गरेको थियो ।

त्यसविरुद्ध दुवै पक्ष सर्वोच्च पुगेका थिए। सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान लागेको प्रतिबन्ध फुकुवा गर्दै यो मुद्दा तत्काल टुंग्याउन जिल्ला अदालतलाई आदेश दिएको थियो । सर्वोच्चको आदेशसँगै सन्दीप दुवईमा क्रिकेट खेलेर फर्किएका थिए ।

सन्दीपविरुद्ध गत भदौमा एक किशोरीले जबरजस्ती करणीको आरोप लगाएकी थिइन । त्यतिबेला विदेशमा रहेका सन्दीप उजुरी परेको एक महिनापछि स्वदेश फर्किएका थिए । उनलाई विमानस्थलबाटै प्रहरीले पक्राउ गरेर मुद्दाको अनुसन्धान गरेको थियो ।

उच्च अदालतको आदेशपछि सन्दीप रिहा भएका थिए । रिहाइपछि उनी देशको प्रतिनिधित्व गर्दै राष्ट्रिय–अन्तर्राष्ट्रिय खेल खेलिरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }