
तिमि सँग भेट होस भन्ने चाहना………….
तिमि सँग भेट होस भन्ने चाहना राखेको छु
खुसी मनका साथ एक शब्द बोल्न चाहन्छु
यो समय आँगनको छेउमा फुल रोप्न चाहन्छु
तिमि सँग भेट होस भन्ने चाहना राखेको छु
मेरो जीवन कसरी बितेको छ तिमिलाई थाहा छ
मेरो मनमा तिम्रो लागि मायाले भरिएको छ
सधैँ एकनासले यो नदी पनि कहाँ बग्न सक्छ र
तिमि सँग बस्छु म त छुटिएर कहाँ जानु छ र
तिम्रो कालो केश हेरिरहूँ यो बसाइँमा
भेट्न आउँ तिमि मलाई मेरो गाउँमा
तिम्रो काखमा निदाउन पाए भाग्यमानी ठान्छु
तिमि सँग भेट होस भन्ने चाहना राखेको छु