शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

मन्त्रालयको भागबन्डा टुंगियो‚ कुन दललाई कुन मन्त्रालय ?


  • माउन्टेन खबर
  • बिहिबार, चैत्र १६, २०७९
  • 143
    SHARES

काठमाडौँ । सत्ता साझेदार दलहरुले पाउने मन्त्रालयहरुको भागबन्डा टुंगिएको छ । सहमतिअनुसार नेपाली कांग्रेसले ८, नेकपा (माओवादी केन्द्र) ले ५ र नेकपा (एकीकृत समाजवादी) ले २ मन्त्रालय पाउने भएका छन् ।

सत्ता साझेदार मध्येको सबैभन्दा ठूलो दल कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, सहरी विकास, भूमि व्यवस्था, सामान्य प्रशासन, स्वास्थ्य र कानून मन्त्रालय पाउने भएको छ ।

त्यसैगरी माओवादी केन्द्रले गृह, ऊर्जा, पर्यटन र महिला तथा बालबालिका मन्त्रालय पाउँदा एकीकृत समाजवादीले भौतिक पूर्वाधार र वन मन्त्रालय पाउने भएको छ ।

नेपाल समाजवादी पार्टीले खानेपानी तथा सरसफाइ मन्त्रालय, जनमत पार्टीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नागरिक उन्मुक्ति पार्टीले युवा तथा खेलकुद मन्त्रालय र जनता समाजवादी पार्टी (जसपा) ले शिक्षा, विज्ञान तथा प्रविधि र कृषि तथा पशुपन्छी मन्त्रालय पाउने भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पाउने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }