बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णालीका मुख्यमन्त्रीले आज दोस्रोपटक विश्वासको मत लिँदै


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १७, २०७९
  • 165
    SHARES

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज विश्वासको मत लिँदैछन् । मुख्यमन्त्रीको रुपमा माघ ६ गते पहिलोपटक विश्वासको मत लिएका शर्माले राप्रपाले सर्मथन फिर्ता लिएपछि दोश्रो पटक पुनः विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मत लिनका लागि अपरान्ह तीन बजे बैठक बोलाइएको छ । कर्णाली प्रदेश सरकारमा अहिले नेकपा एमाले र माओवादी सहभागी छन्। केन्द्रमा सत्ता गठबन्धनमा भएको फेरबदलसँगै कर्णालीमा एमालेले के गर्ला भन्ने चासो बढन थालेको छ । नेकपा एमालेले भने कर्णालीमा समर्थन फिर्ता लिएको छैन ।

कर्णाली प्रदेश सभामा हाल कांग्रेसका १४ सांसद छन् भने माओवादीका १३ सांसद छन् । यस्तै एमालेका १० सांसद हुँदास्वतन्त्र, नेकपा एस र राप्रपाका एक–एक सांसद छन् । एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादीसहित २५ सांसदको समर्थनमा शर्मा पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

माघ ६ गते नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र एक–एकजना सांसद गरी २५ सांसदको विश्वासको मत पाएका थिए । तर, केन्द्रमा समीकरण फेरिएसँगै राप्रपाका सांसदले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार उनले पुनः विश्वासको मत लिन लागेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }