शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आरोहणको ७२ वर्षपछि अन्नपूर्ण हिमाल सफाइ हुँदै


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र १७, २०७९
  • 200
    SHARES

पोखरा । नेपालमै पहिलो पटक आरोहण आरम्भ भएको हिमाल हो, अन्नपूर्ण प्रथम । सन् १९५० मा फ्रान्सेली आरोही मौरिस हर्जोगले नेपालमै पहिलो पटक अन्नपूर्ण प्रथम आरोहण गरेक थिए । सन् १९५३ मा मात्रै सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।

नेपालमा आरोहण इतिहास रचेको अन्नपूर्ण हिमालमा ७२ वर्षपछि सफाइ हुने भएको छ । सर्वोच्च शिखर सगरमाथामा आरोहणको चापले ज्यादा फोहोर हुने भएकाले सफाइ हुँदै आइरहेको भए पनि अन्नपूर्ण हिमालमा पहिलो पटक सरसफाइ हुन लागेको हो ।

अन्नपूर्ण हिमाल सरसफाइ गर्ने नेपाली सेनाको टोलीलाई १५ लाख रुपैयाँ सहयोग गरेको पोखरा महानगरपालिकाले बिहीबार बिदाइ गरेको छ । विश्वको १० औं अग्लो अन्नपूर्ण चुचुरोकै कारण पोखराकोे अस्तित्व पनि माथि उठेको भन्दै मेयर धनराज आचार्यले बिदाइ गर्दै महानगरकोे झण्डा पनि हस्तान्तरण गरेका छन् । अन्नपूर्ण चुचुरोमा सेनाले पोखरा महानगरको झण्डा पनि फहराउने छ ।

नेपाली सेनाले सगरमाथासहित ४ हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गरेकोमा अन्नपूर्ण पनि परेको हो । सेनाले सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने ३५ हजार किलो फोेहोर संकलन गर्ने लक्ष्य लिएको छ । अन्नपूर्णबाट मात्रै १० हजार किलो फोहोर संकलन गर्ने योजना रहेको पश्चिम पृतना हेडक्वाटर विजयपुरका प्रमुख सेनाली किशोर अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }