
काठमाडौं । नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले पदबहाली गरेका छन् ।
शुक्रबार राष्ट्रपतिबाट शीतल निवासमा मन्त्रीको सपथ लिएलगत्तै महतले अर्थ मन्त्रालयमा पुगेर पदबहाली गरेका हुन् । सो क्रममा उनले आर्थिक समस्याबाट निकासका लागि सम्पूर्ण राज्य संयन्त्र लाग्ने प्रतिबद्धता जनाएका छन् । उनले भने, ‘समस्याग्रस्त अवस्थाको अर्थतन्त्रलाई सुधार गरेरै छाड्छौं ।’