बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ युट्युब ट्रेन्डिङको पहिलो स्थानमा


  • माउन्टेन खबर
  • शनिबार, बैशाख २, २०८०
  • 294
    SHARES

काठमाडौं । गायक प्रकाश सपुतको ‘सकम्बरी’ बोलको नयाँ गीत युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल भएको छ ।

गीत रिलिज भएको २४ घण्टा नबित्दै युट्युब ट्रेन्डिङको पहिलो स्थानमा पर्न सफल भएको हो । बिहीबार युट्युब च्यानल मार्फत सार्वजनिक १५ मिनेट लामो गीतले समाचार तयार गर्दासम्म ६ लाख बढी भिउज पाउँदै युट्युव ट्रेन्डिङको शीर्ष स्थान ओगट्न सफल भएको हो । गीतले ५८ हजार बढी लाइक पनि पाएको छ ।

गायक सपुतले उक्त गीत केही दिनअघि ‘डिसहोम गो एप’ मार्फत रिलिज गरेका थिए । बिहीबार भने उनले आफ्नो युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् । पछिल्लो समय नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका गायक सपुत बोल माया, गलबन्दी, पीर र कुरा बुझ्नुपर्छ लगायतका सिर्जना यसका ज्वलन्त उदाहरण हुन् ।

गायम सपुतको यो गीतमा फुलमाया नामको पात्रको सकम्बरी हुदाँसम्मको यात्रालाई प्रस्तुत गरिएको छ । सार्वजनिक गीतमा गायक सपुत र वार्ता गन्धर्वको स्वर रहेको छ भने शब्द संगीत पनि गायक सपुत कै रहेको छ ।

गीतमा गायक सपुतसँगै सुनिल थापा र कुसुम शर्मा लगायतको अभिनय रहेको छ । गीतले समसामयिक विषयलाई उठाएको छ । गायक सपुतले यसै गीतबाट ‘सकम्बरी’ २ आउने पनि जानकारी गराएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }