शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

टोखामा विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम सञ्चालन


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख ८, २०८०
  • 184
    SHARES

काठमाडौँ । टोखा नगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका ८० विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम प्रदान गर्ने भएको छ ।
टोखा नगरपालिकाले स्काई भिजन फाउन्डेसन प्रालिको सहकार्यमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई निःशुल्क कम्युटर तालिम प्रदान गर्न लागेको हो ।

टोखा नगरपालिका शिक्षा शाखाका अधिकृत खगेन्द्रसिंह धामीले टोखाभित्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने र समयानुकूल सीपमूलक कम्युटर ज्ञान प्रदान गर्ने उद्देश्यले तीनमहिने कम्युटर तालिम प्रदान गर्न लागिएको जानकारी दिनुभयो ।

उक्त तालिममा टोखाभित्रका सामुदायिक विद्यालयबाट एसइई दिएर बसेका जेहन्दार, आर्थिकरूपमा विपन्न, महिला तथा दलित र जनजाति विद्यार्थी सहभागी हुने बताइएको छ ।

टोखाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि वार्षिकरुपमा निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गर्दै आएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित सो नगरपालिकाका ११ वडाका १० सामुदायिक विद्यालयमा छ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }