बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेश

एमालेव्दारा ठूलो दलको हैसियतमा सरकार गठनको दावी पेश


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १२, २०८०
  • 152
    SHARES

दाङ। नेकपा एमालेले लुम्बिनी प्रदेशमा ठुलो दलको हैसियतमा सरकार गठनका लागि दावी पेश गरेको छ । एमाले संसदीय दलका नेता तथा कामचलाउ हुनु भएका मुख्यमन्त्री लिला गिरीले प्रदेश प्रमुख अमिक शेरचन समक्ष दावी पेश गर्नु भएको हो ।

संविधानको धारा १६८ को उपधारा ३ बमोजिम सरकार गठनको दावी पेश गरिएको हो । संविधानको धारा १६८ को २ बमोजिम बनेको सरकारले बहुमत पाउन नसकेपछि एमाले नेतृत्वको सरकार ढल्न पुगेको छ । त्यसपछि एमालेले ठूलो दलको हैसियतमा सरकार गठनको दावी पेश गरेको हो ।

लुम्बिनी प्रदेश सभा ८७ सदस्यीय छ । जसमा नेकपा एमालेका २९ सांसद छन् । नेपाली कांग्रेस २७, नेकपा माओवादी ११, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जसपा, लोसपा, जनमत ३/३, राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादी १/१, स्वतन्त्र १ छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }