बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नवौँ महर्षि म्याराथन प्रतियोगिता शनिबार


  • माउन्टेन खबर
  • शुक्रबार, बैशाख १५, २०८०
  • 239
    SHARES

काठमाडौँ । महर्षि स्कुल सामाखुशीको आयोजनामा नवौँ महर्षि म्याराथन प्रतियोगिता हुने भएको छ ।

महर्षि स्कुलले बिहबिार यहाँ पत्रकार सम्मेलन गरी आगामी बैशाख १६ गते शनिबार नवौँ महर्षि अन्तरविद्यालय स्तरिय म्याराथन प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै स्कुलका प्राचार्य निर्मल पौडेलले प्रत्येक वर्ष आयोजना गरिने महर्षि म्याराथनमा काठमाडौँभित्रका तीस भन्दा बढी विद्यालयका २०० विद्यार्थीको सहभागीता रहने जानकारी दिनुभयो ।

उक्त प्रतियोगिताका लागि छात्रका लागि पाँच किलोमिटर र छात्राका लागि तीन किलोमिटर दूरी तोकिएको छ । विस २०६९ सालदेखि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको महर्षि म्याराथनमा ६ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीको सहभागीता रहने विद्यालयका अध्यक्ष प्रकाशचन्द्र दवाडीले जानकारी दिनुभयो ।

प्रतियोगितामा प्रथम हुने महिला तथा पुरुषलाई विद्यार्थीलाई रु ६ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु चार हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र र तेस्रो हुनेलाई रु तीन हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष दवाडीले बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }