शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

एसिसी प्रिमियर कप

पहिलो सेमिफाइनल खेल अन्तर्गत आज नेपालले कुवेतसँग खेल्दै


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १६, २०८०
  • 146
    SHARES

काठमाडौं । एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेल अन्तर्गत आज नेपालले कुवेतसँग खेल्दैछ ।खेल किर्तिपूरस्थित टियु क्रिकेट मैदानमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

नेपाल आजको खेलमा कुवेतलाई हराउँदै फाइनलमा स्थान पक्का गर्न चाहन्छ । कुवेतले समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । मुलपानी मैदानमा भएको उक्त खेलमा कुवेतले २ सय ७२ रन बनाएको थियो । कुवेत पनि घरेलु टोली नेपाललाई स्तब्ध पार्दै फाइनलमा जान चाहन्छ।

यस्तै, मुलपानी मैदानमा आजकै दोस्रो सेमिफाइनल खेलमा युएई र ओमानबीच प्रतिस्पर्धा हुदैछ । योसँगै मुलपानीले ओडिआईमा मान्यता पाउनेछ र विश्वको २ सय १६ औं ओडिआई मैदान बन्नेछ ।

नेपालले आजको टोलीमा एक परिवर्तन गर्ने सम्भावना देखिएको छ। कतारविरुद्ध विश्राम दिएका तीव्र गतिका बलर करण केसी टोलीमा फर्किने उच्च सम्भावना देखिन्छ । करण टिममा फर्कदा गुलशन झा बेन्चमा बस्न सक्छन् । ज्ञानेन्द्र मल्ल र प्रतिश जि.सी आज पनि बेन्चमा बस्ने सम्भावना छ ।

नेपालको ब्याटिङलाई अलि कमजोर मानिएको छ । त्यसैले सबै ब्याटरले जिम्मेवारी प्रदर्शन गर्नुपर्ने हुन्छ । नेपालका भीम सार्की, रोहित पौडेल र कुशल मल्लको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । उता, स्पिनर सन्दीप लामिछाने नेपालका प्रमुख हतियार हुन् । उनले नेपललाई जित दिलाउन उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

अन्तिम खेलमा कतारलाई हराउन सन्दीपले ४२ रन बनाउनुको साथै ५ विकेट लिएर अलराउण्डरको भुमिका निभाएका थिए । उनलाई ललितनारायण राजवंशीले साथ दिनेछन् । करण र सोमपालबाट पनि नेपाल पावर प्लेमा उत्कृष्ट सुरुवात चाहन्छ ।

उता कुवेत तुलनात्मक रुपमा बलिङ र फिल्डिङ कमजोर रहेपनि ब्याटिङमा भने सानदार प्रदर्शन गर्दै आएको छ । ब्याटिङ नै कुवेतको प्रमुख हतियार रहेको छ । अन्तिम खेलमा कुवेतले हङकङविरुद्ध २ सय ७२ रन बनाउँदै जितको आधार तय गरेको थियो ।ओपनर आदनान इद्रिसले, सैयद मोनिबर, मित भावसार कुवेतका भरपर्दो ब्याटर हन् ।

हेड टु हेडः

नेपालले कुवेतसँग पछिल्लो पटक २०१२ मा खेलेको थियो । एसिसी इलिट ट्रफीमा नेपाल कुवेतसँग ४ विकेटले पराजित हुन पुगेको थियो ।
पारस खड्का १ सय ६ र ज्ञानेन्द्र मल्लले ५३ रन बनाउदै कुवेतलाई २ सय ८१ रनको लक्ष्य दिएको थियो । कुवेतले उक्त लक्ष्य ४६.२ ओभरमै पुरा गरेको थियो । नेपालले कुवेतसँग टि२० विश्वकप छनोट २०१९ मा पनि खेलेको थियो ।

आजको मौसमः

आज काठमाडौंमा हल्का वर्षाको सम्भावना रहेको छ । यदि वर्षाको कारण नतिजा नभएमा खेल सुपर ओभरमा जानेछ। सुपर ओभर पनि नतिजा नआए नेपाल र युएई समूह विजेताको रुपमा फाइनलमा स्थान बनाउनेछन् ।

कुवेतको सम्भाबित टोली:

मोहम्मद अस्लाम (कप्तान), आदनान इद्रिस, सैयद मोनिब, उस्मान पटेल, बिलाल ताहिर, मोहम्मद अमिन, रजिवा संदरुवान, मित भावसार, शिराज खान, परविन्दर कुमार, यसिन इशक पटेल, क्लिन्टो एन्टो, शाहरुख कुद्दुस र इलियास अहमद ।

नेपालको सम्भाबित टोली:

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि।सी र ललित राजवंशी ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }