बिहिबार, बैशाख ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लखनउले पन्जाबलाई हरायो


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १६, २०८०
  • 120
    SHARES

एजेन्सी । इन्डियन प्रिमियर लिग(आइपीएल) २०२३ को ३८ औं खेलमा लखनऊ सुपर जायन्ट्सले रनको वर्षा गराउँदै पन्जाब किंग्सलाई ५६ रनले हराएको छ । यो जितसँगै लखनऊले अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

जितको लागि लखनऊले दिएको २ सय ५८ रनको विशाल लक्ष्य पछ्याएको पन्जाब १९.५ ओभरमा २ सय १ रनमा अल आउट भयो । पन्जाबका अथर्व टैडेले ३६ बलमा ८ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ६६ रन बनाए । विशाल लक्ष्य पछ्याएको पन्जाबका ओपनर प्रभसिमरन सिंह ९, शिखर धवन १, लियाम लिभिङस्टोन २३ र साम करन २१ रनमा आउट भए । यस्तै, सिकन्दर राजा २२ बलमा ३६ रन बनाएर आउट हुँदा जितेश शर्मा १० बलमा ३ छक्कासहित २४ रनमा आउट भए ।

लखनऊका यश ठाकुरले ३.५ ओभरमा ३७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । नविन उल हकले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिदा रवि विश्रोईले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । यस्तै, मार्कस स्टाइनिसले एक विकेट लिए ।

त्यसअघि पन्जाबको घरेलु बिन्द्रा क्रिकेट स्टेडियम मोहालीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनऊले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५७ रन बनाएको थियो । यो आइपिएल इतिहासकै दोस्रो ठूलो योगफल हो । आइपिएलमा सर्वाधिक ठूलो योगफल २०१३ मा रोयल च्यालेन्जर्स बेंगलोरले बनाएको थियो । बेंगलोरले पुणे वारियर्सविरुद्ध ५ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो । आइपिएलमा हालसम्म अन्य कुनैपनि टोलीले २ सय ५० रनको योगफल कटाएका थिएनन् ।

लखनऊको जितमा मार्कस स्टोइनिसले ४० बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ७२ बनाए । यस्तै, ओपनर कायल मेयर्सले २४ बलमा ७ चौका र ४ छक्कासहित ५४ रन जोड्दा कप्तान केएल राहुल ९ बलमा १ चौका र १ छक्कासहित १२ रनमै आउट भए ।

युवा ब्याटर आयुष बदोनीले २४ बलमा ३ चौका र ३ छक्कासहित ४३ रन बनाए । तेसो विकेटका लागि स्टोइनिस र बदोनीले ८९ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

निकोलस पुरन १९ बलमा ७ चौका र १ छक्कासहित ४५ रनमा आउट दुँदा दीपक हुडा ११ र क्रुनाल पान्ड्याले ५ रन बनाए ।

पन्जाबका कागिसो रबाडाले ४ ओभरमा ५२ रन खर्चेर २ विकेट लिदा अर्शदीप सिंह, साम करन र लियाम लिभिङस्टोनले समान एक विकेट लिए ।

लखनऊ ८ खेलमा ५ जित र ३ हारसहित १० अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा छ । राजस्थान रोयल्स ८ खेलमा ५ मा जितसहित १० अंकका साथ शीर्षस्थानमा छ रहँदा समान १० अंक भएका गुजरात र चेन्नई नेटरनरेटको कारण तेस्रो र चौथो स्थानमा छन् । पन्जाब भने ८ खेलमा ४ जित र ४ हारसहित ८ अंकका साथ छैटौं स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }