मङ्लबार, बैशाख ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नवौँ महर्षि म्याराथन उपाधी सुरज तामाङ र भावना नाथलाई


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १६, २०८०
  • 606
    SHARES

काठमाडौँ । नवौँ महर्षि म्याराथन प्रतियोगिताको उपाधी सुरज तामाङ र भावना नाथले प्राप्त गर्नुभएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं २६ स्थित सामाखुशीमा सञ्चालित महर्षि स्कुलले प्रत्येक वर्ष सञ्चालन गर्ने म्याराथनको आज भएको दौडमा पुरुषतर्फ महर्षि स्कुलका सुरज तामाङ र महिलातर्फ विजेश्वरी सैनिक विद्यालयकी भावना नाथले प्राप्त गर्नुभएको हो ।

यस्तै, पुरुषतर्फ दोस्रो महर्षिकै आयुष कोइराला र तेस्रोमा कौशल स्कुलका सुगम भण्डारी हुनुभएको छ । महिलातर्फ दोस्रो विजेश्वरी सैनिक विद्यालयकी प्रकृति बस्नेत र तेस्रो ल्याण्डमार्क एकेडेमीकी सगुनी देवकोटा हुनुभएको छ ।

पुरुषतर्फ प्रथम सुरजले म्याराथनअन्तर्गत ५ किलोमिटर दौड १६ मीनेट ५७ सेकेण्डमा पुरा गर्नुभएको थियो भने महिलातर्फ प्रथम भावनाले ३ किलोमिटर दौड १० मीनेट २० सेकेण्डमा पुरा गर्नुभएको थियो ।

प्रतियोगिताका विजयी पहिलो, दोश्रो र तेश्रो हुने खेलाडीहरुले क्रमशः रु ६ हजार, चार हजार र तीन हजार नगदका साथै मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

विद्यार्थीहरु मानसिक र शारिरीक रुपमा स्वस्थ रहेमा राष्ट्र निर्माणमा योगदान पुग्छ भन्ने भावनालाई मूर्तरुप दिन स्कुलले आफ्नो बार्षिकोत्वस तथा अभिभावक दिवसका अवसरमा खेलकुद कार्यक्रमको आयोजना गर्दै आएको स्कुलका अध्यक्ष प्रकाशचन्द्र दवाडीले जानकारी दिनुभयो । म्याराथनमा झण्डै दश विद्यालयका ६० भन्दा बढी विद्यार्थीको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }