शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्छौँ : महावीर पुन


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १६, २०८०
  • 235
    SHARES

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिनुभएको छ । शुक्रवारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन शुरु गर्नुभएका उहाँले नेताहरुले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिनुभएको हो ।

उहाँले सांसदहरुले खादा,माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानून बनाउन समय नमिल्ने हो ? भन्ने प्रश्न गर्दै सांसदहरुले कानून बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताउनु भयो । उहाँले अरु हेर्ने विभाग भएपनि अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्ने विभाग नभएको भन्दै उहाँले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताउनु भयो । उहाँले सबै नेताहरु आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसदमा आफूलाई बोल्ने व्यवस्था गरिदिन आग्रह गर्नुभयो । उहाँले नेताहरुले बोलेर मात्रै नहुने भन्दै बोलेर कदम चाल्ने नेताको खाँचो रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अनुसन्धान आविष्कार नवप्रवद्र्धन गर्ने विभाग खोई ? हाम्रो माग पूरा नभएसम्म हामी धर्ना बस्छौँ । यो अनुरोध सबै पार्टीलाई हो । अरु पार्टी पनि आएर मेरो भाषण सुनुन् । की मलाई संसदमा गएर बोल्ने व्यवस्था गरिदिउन् । यो नेपालीको दर्द हो, संसदमा केहीले बोले रे आज पनि बोल्ने रे भन्ने मान्छे आएका छन्, बोलेर मात्रै केही हुँदैन, बोलेर हुने भए सबै भइसक्थे, बोलेर कदम चाल्ने नेताज्युहरु चाहियो । यो सांसदको जिम्मा हो । सांसदलाई भाषण गर्न, उद्घाटन गर्न, माला लगाउन समय मिल्ने, तर नभइ नहुने ऐन,कानून बनाउन समय नमिल्ने, हामीले त बनाउन पाइँदैन, सडकबाट त ऐन बन्दैन । सांसदलाई काम गरेनन् भने ढ्याँग्रो ठोक्दै लखेट्नुपर्छ ।’

पुनले आफ्नो आन्दोलन सबै सानातिना आन्दोलनहरु पूरा गर्नको लागि अर्थतन्त्र सुधार्ने जन आन्दोलन भएको बताउनु भयो । उहाँले आफूले यो आन्दोलन मनलाग्दी रुपमा नल्याएको र निचोडमा पुगेरै छोड्ने प्रतिवद्धता जनाएको बताउनु भयो । उहाँले संसारमा नवप्रवद्र्धन र आविष्कारको क्षेत्रमा लगानी नगरी अर्थतन्त्र चलायमान बन्न नसक्ने बताउनु भयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }