शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १६, २०८०
  • 161
    SHARES

काठमाडौं । नेपाल समूह विजेता बन्दै एसिसी प्रिमियर कपको फाइनल प्रवेश गरेको छ। वर्षाका कारण खेल रद्द हुँदा ४२ ओभरमा छोट्याइएको थियो।

दोस्रो इनिङको ८.३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन जोडेर कुवेतले ब्याटिङ गरिरहँदा पुनः वर्षा भयो। लामो समयसम्म वर्षा नरोकिएपछि समूह विजेताका आधारमा नेपाल विजयी भएको हो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा दुई सय ८१ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेल एक्लैले ९४ रनको योगदान गरे। ९५ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे।

यसैगरी कुशल मल्ल ५७, कुशल भुर्तेल ४३, आशिफ शेख ३१ र  आरिफ शेखले १९ रनको योगदान गर्दा सोमपाल कामी १३ रन जोडेर नट आउट रहे।

कुवेतका मोहम्मद अस्लाम र अदनान इद्रिसले समान तीन–तीन विकेट लिँदा यासिन पाटेल र सायिद मोनिबले एक–एक विकेट लिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }