शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अग्रता जोगाउन नसक्दा मनाङसँग बराबरीमा रोकियो जावलाखेल


  • माउन्टेन खबर
  • आइतवार, बैशाख ३१, २०८०
  • 136
    SHARES

काठमाडौँ । ८० मिनेटसम्म लिएको अग्रतालाई अन्तिम १० मिनेट कायम राख्न नसक्दा जावलाखेल युथ क्लव राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी फुटबल क्लवसँग बराबरीमा रोकिएको छ ।

लतिपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा जावलाखेलले दुई गोलको अग्रता जोगाउन नसक्दा मनाङ मस्र्याङ्दी क्लवबिरुद्ध २–२ को बराबरीमा रोकिएको हो । निकै रोमाञ्चक बनेको खेलमा जावलाखेलका लागि एनकोटो मासोबी र हिसुब थपलियाले शुरुवाती अग्रता दिलाए पनि मनाङका लागि विशोन गुरुङ र सुमित श्रेष्ठले अन्तिम १० मिनेट भित्र दुई गोल गरेपछि मनाङले अंक खोस्न सफल भएको हो ।

बराबरीपछि शीर्ष स्थानमा रहेको जावलाखेलले दोस्रो स्थानमा रहेको चर्च ब्वाईजसँग तीन अंकको अग्रता बनाउने अवसर गुमाएको छ । शुरुवातमा आक्रामक खेल्दै मनाङलाई दबाबमा राखेको जावलाखेलका लागि खेलको ३४औं मिनेटमा मासोबीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । विनोद केसीले प्रदान गरेको बललाई नियन्त्रणमा लिँदै मनाङका गोलकिपर दीप कार्कीलाई बिट गर्दै मासेबीले जाली चुमाउन सफल भएका थिए । त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन र जावलाखेल पहिलो हाफमा अग्रता कायम राख्न सफल भएको थियो ।

७५ औं मिनेटमा हिसुबले जावलाखेलको अग्रता दोब्बर बनाए । हिसुबले फोडे फोफनाको पासलाई सदुपयोग टोलीलाई अगाडि बढाउँदा ८१ औं मिनेटमा विसोनले गोल गर्दै खेललाई २–१ को स्थितीमा ल्याए । विसोनले कोफी टिमोथी कोडुको पासलाई सदुपयोग गर्दै आकर्षक गोल गर्न सफल भएका थिए । त्यसपछि तालमेलेको अभावको फाइदा उठाउँदो मनाङले अन्तिम मिनेटमा गोल थप्दै खेल २–२ को बराबरीमा ल्यायो र दुवै टोलीबाट थप गोल हुन सकेन । बाँकी समयमा बल पोजिसनमा अगाडी देखिएको मनाङले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेन ।

यससँगै लिगमा मनाङबिरुद्ध जावलाखेल अपराजित रह्यो । पहिलो लेगमा जावलाखेल ३–० ले विजयी भएको थियो । यस बराबरीसँगै जावलाखेलले शीर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता लिने अवसर गुमाएको हो । जावलाखेलको १८ खेलमा ३१ अंक छ । एक खेल कम खेलेको चर्च ब्वाईज ३० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । मनाङ १८ खेलमा २२ अंकका साथ सातौं स्थानमा उक्लिएको छ ।

लिग अन्तर्गत आईतवार एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा पनि न्युरोड टिम (एनआरटी) र फ्रेण्ड्स क्लवले पनि समान २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीमा रोकिए पनि फ्रेण्ड्स क्लवले शहीद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेसन क्षेत्र छाडेको छ । खेलको २८ औं मिनेटमा रफिक अमिनुले फ्रेण्ड्सलाई अग्रता दिलाएका थिए ।

५८ औं मिनेटमा अमित तामाङको आत्मघाती गोलमार्फत एनआरटी बराबरीमा आएको थियो । ६६ औं मिनेटमा अमितले पेनाल्टीमार्फत गोल गर्दै फ्रेण्ड्सलाई २–१ ले अगाडी बढाए । ८९ औं मिनेटमा निकोलस सङ्गले गोल गर्दै एनआरटीलाई हारबाट जोगाए । लिगमा एनआरटीबिरुद्ध फ्रेण्ड्स अपराजित रहेको हो । पहिलो लेगमा फ्रेण्ड्स ३–१ ले विजयी भएको थियो । यस बराबरीसँगै १८ खेलमा २० अंक जोडेको फ्रेण्ड्स १२ औं स्थानमा उक्लिएको छ । फ्रेण्ड्स रेलिगेशन क्षेत्रको नेपाल पुलिस क्लवको भन्दा मात्र एक अंक बढी हो । एनआरटी १८ खेलमा २२ अंकका साथ नवौं स्थानमा यथावत छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }