
चिसो हावाले सताउला गुराँस………..
चिसो हावाले सताउला गुराँस फुल्ने लेकमा
सपनीमा देखेको कुरा बिपनीमा पुरा होला
भेट्न त कयौँ पटक भेटे उनिलाई
हाँस्न मन लाग्यो देखेर उनको हिँडाइ
बोलाएको थिए रिसाएर गइन किन
के कारणले दुखेको रहेछ उनको मन
के भन्न खोजेकी छौ के कुरा छ मनमा
के थियो भन सबै मन भित्रको कथा
मैले फूल फुलाउन खोजे घरको आँगनमा
चिसो हावाले सताउला गुराँस फुल्ने लेकमा
कसले सुन्छ र आशु झारेर रोए पनि
मनले सम्झिरहन्छ सम्झनामा आउँछिन् उनी