शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

नीति तथा कार्यक्रमलाई खारेज गर्ने र अर्को ल्याउनुपर्छ भन्ने माग उचित छैनः वामदेव गौतम


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ८, २०८०
  • 126
    SHARES

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संविधानसम्मत प्रश्तुत गरेको नीति तथा कार्यक्रमलाई खारेज गर्ने र अर्को नीति तथा कार्यक्रम ल्याउन माग गर्नु उचित नभएको बताउनुभएको छ ।

सोमवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सदस्य गौतमले यस्तो बताउनुभएको हो । सरकारले प्रश्तुत गरेको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको पुनःलेखन गरी ल्याउनुपर्ने माग गर्नुभएको थियो । साथै संघीय संसदका दुवै सदनमा नेकपा एमालेका सांसदहरुले नीति तथा कार्यक्रम पुनः लेखन गरी प्रश्तुत गर्नुपर्ने बताइरहेका छन् । बैठकमा सदस्य गौतमले भने नेकपा संवैधानिक रुपमा नीति, कार्यक्रम प्रश्तुत गर्ने अधिकार तात्कालिक सरकारलाई नै हुने भएकाले यस्तो माग जायज नरहेको जिकिर गर्नुभयो । उहाँले नीति तथा कार्यक्रममा एक वर्ष भित्र सम्पन्न हुने र ५ वर्षसम्मै लैजान सकिने योजनाहरु अघि सारिएको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले प्रश्तुत गरेको नीति तथा कार्यक्रम एक वर्ष भित्र सम्पन्न हुने र ५ वर्षसम्मै लैजान सकिने नीति तथा कार्यक्रम र योजनाहरु अघि सारिएका छन् । यस्तो अवस्थालाई आश्चर्य मान्नुपर्ने कारण छैन । संवैधानिक रुपमा नीति, कार्यक्रम प्रश्तुत गर्ने अधिकार तात्कालिक सरकारलाई नै हुन्छ, नीति तथा कार्यक्रमसँग सहमत हुन नसक्ने राजनीतिक पार्टीहरुले प्रश्तुत नीति कार्यक्रम समर्थन गर्ने र बिरोध गर्ने अधिकार राख्दछन् । तर संविधानसम्मत प्रश्तुत गरेको नीति तथा कार्यक्रमलाई खारेज गर्ने र अर्को नीति तथा कार्यक्रम लेउ भनेर माग गर्नु संविधानसम्मत छैन । संविधान लेखनमा भुमिका खेलेका र अत्यन्त महत्वपूर्ण भुमिका निर्वाह गरेका नेताहरुले पनि प्रश्ताव राख्दा मलाई त्यति जचेन ।’

राष्ट्रिय सभा सदस्य गौतमले सरकारको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई चासो दिएको नपाएको बताउनु भयो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }