
रसुवा । जिल्लाको विभिन्न स्थानमा संचालित सार्वजनिक यातायातले भाडादर कायम नगरी मनोमानी ढङ्गले संचालन गरेको भन्दै नेपाल बिद्यार्थी संघ रसुवाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन।
बिद्यार्थी,अपाङ्ग तथा ज्येष्ठ नागरिकलाई नेपाल सरकारले निर्धारण गरेको छुट समेत नदिएको नेबि संघ रसुवाको अध्यक्ष कपिल पौडेलले बताए।
आगामी दिनमा सार्वजनिक यातायातले जिल्लाको सबै क्षेत्रको भाडादर कायम गरि सार्वजनिक गर्नुपर्ने अध्यक्ष पौडेलले बताए। भाडादर सार्वजनिक गरि कायम नगरेको खण्डमा चरणबद्ध आन्दोलन गर्ने समेत बिज्ञाप्तिमा उल्लेख गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार