मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सिडेन अध्यक्षका उम्मेद्वार लक्ष्मण केसी भन्छन्,– डिजिटल इन्जिनीयर हेल्प डेक्स स्थापना गछौँ


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १०, २०८०
  • 140
    SHARES

काठमाडौँ । नेपाली काँग्रेस निकट इञ्जिनीयरको छाता संगठन सेन्टर फर डेमोक्रेटिक इञ्जिनीयर्स नेपाल (सिडेन)को केन्द्रीय अध्यक्षमा इञ्जिनीयर लक्ष्मण केसीले उम्मेदवारी दिनुभएको छ ।

सिडेनको आगामी जेठ १३ गते हुन लागेको सातौँ केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनमा इञ्जिनीयर केसीले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको हो ।

उहाँले डिजिटल इन्जिनीयर हेल्प डेक्स स्थापनाका लागि आफ्नो समूहले उम्मेदवारी दिएको बताउनुभयो । डिजिटल सिडेनको अवधारणा कार्यान्वयन गर्दै नियमित कार्यालय सञ्चालनको सुनिश्चितताका लागि पूर्णकालिन आईटि स्टाफको व्यवस्था गर्ने उहाँको भनाई छ ।

अध्यक्षका उम्मेदवार केसीले सिडेनमा महिला, मधेसी, दलित जनजाती सबै रहने गरी समावेशी प्रतिनिधित्वको मुद्दालाई विधान संशोधन गरेर सम्बोधन गर्ने बताउनुभयो । सिडेनको विधानअनुसार सल्लाहकार समिति तथा विभिन्न समन्वयन विभागलाई चलायमान बनाईने उहाँको भनाई छ ।

आफ्नो कार्यकालभर एक अन्तर्राष्ट्रियस्तरको सेमिनार र सातै प्रदेशमा प्रदेशस्तरिय सम्मेलन गरीने बताइएको छ ।

इञ्जिनीयर केसीको प्यानलको उपाध्यक्षमा इञ्जिनीयर उमेश धिताल, महासचिवमा इञ्जिनीयर थमनबहादुर खड्का, उपमहासचिवमा इञ्जिनीयर सुशील लामिछाने, कोषाध्यक्षमा इञ्जिनीयर नवराज बस्नेतले उम्मेदवारी दिनुभएको छ ।

यस्तै, सदस्यमा इञ्जिनीयर जगदीश नेपाल, इञ्जिनीयर ईश्वर अर्याल, इञ्जिनीयर सन्दिप वाग्ले, इञ्जिनीयर नविन बस्नेत, इञ्जिनीयर दीपक पौडेल, इञ्जिनीयर शेखरनाथ चापागाई, इञ्जिनीयर सन्देश पन्त, इञ्जिनीयर अर्जुन बस्नेत, इञ्जिनीयर पद्मा अर्याल, इञ्जिनीयर सुशान्त भुजेल, इञ्जिनीयर अर्जुन रावल, इञ्जिनीयर मनोज वाग्ले र इञ्जिनीयर दुर्गा पन्थी रहनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }