बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विवादलाई छाडेर सकारात्मक भावनाका साथ अगाडि बढौं : डा शेष घले


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १०, २०८०
  • 125
    SHARES

भरत प्रधान
लिस्बन, १० जेठ । गैर आवासीय नेपाली संघ ९एनआरएनए० का पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक डा शेष घलेले आफू सधैँ मातृभूमिका लागि केही गरौँ भन्ने अभियानमा लागि रहेको बताउनुभएको छ ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलद्वारा सोमबार राजधानी लिस्बनमा आयोजित ‘सहमति, सहकार्य, एकता र आधिकारीकता’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वअध्यक्ष घलेले आफू एनआरएन अभियानमा क्रियाशील रहेको बताउँदै संघको विवादलाई छाडेर सकारात्मक भावनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

संघमा आबद्ध भएदेखि नै आफू संघको संस्थागत हितमा लागेको उल्लेख गर्दै उहाँले संघसंस्थाको उद्देश्य समाज सेवा र सामाजिक कार्य भएकाले जुनसुकै माध्यमबाट पनि समाज सेवा र सामाजिक कार्य गर्न सकिने बताउनुभयो । संघको विवादतर्फ आफू जान नचाहेको स्पष्ट पार्दै उहाँले आफूलाई दिएको जिम्मेवारी निश्पक्ष ढङ्गले पूरा गरेको उल्लेख गर्नुभयो । घलले भन्नुभयो,–“कानुनी परामर्श गरेरै महाधिवेशन सम्पन्न गरेको हो । त्यसबेला परराष्ट्र मन्त्रालयबाटै नगर्नु भन्ने परिपत्र आएको भए मैले रोक्नुपथ्र्यो तर परराष्ट्रबाट त्यस्तो केही आएको थिएन ।”

नयाँ पूस्तालाई समेट्दै संघलाई समयानुकुल परिमार्जन गर्नुपर्छ भन्ने सोँच र परिकलल्पनाका साथ ‘भिजन २०२० एण्ड वियोण्ड’ कार्यक्रम ल्याएको स्मरण गर्दै उहाँले संघमा विवादको अन्त्य होस् भनेरै विधान संशोधन गरेर विवादरहित संस्थाको परिकल्पना गरिएको बताउनुभयो । पूर्वअध्यक्ष घलेले विदेशमा रहेका नेपाली समुदायको सञ्जालका रुपमा संयुक्त राष्ट्र संघको मोडेलमा एउटा सञ्जाल सञ्चालन गर्न सकिने धारणा समेत राख्नुभएको थियो ।

जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा र ग्रीन हाईड्रोजनमा विश्वको ध्यान केन्द्रीत भइरहेको भन्दै उहाँले यस्ता महत्वपूर्ण विषयमा नेपालको ध्यान जान नसकेकाले सबै मिलेर सरकारलाई झक्झकाउनुपर्नेमा जोड दिनुभयो । घलले विश्व बैंङ्क तथा विदेशी नियोगका अधिकारीको सहभागीतामा नेपालमा हाईड्रोजन सम्मलेन सम्पन्न गरी सोही क्षेत्रमा आफूले काम गरिरहेको जानकारी दिनुभयो ।

संघका केन्द्रीय उपाध्यक्ष थर्क सेनले संघको एकताका लागि सहमतिका बुँदा तय गरिएको भन्दै एक भएर अगाडि बढौँ भन्ने भावनाका साथ आफूहरू लागि परेको बताउनुभयो । संघका निवर्तमान उपाध्यक्ष सोनाम लामाले संस्थागत स्वार्थभन्दा व्यक्तिगत स्वार्थ हाबी हुँदा संघ विभाजनमा पुगेको उल्लेख गर्नुभयो ।

संघका युरोप सलल्लाहकार विश्वास दीप तिगेला र युरोप संयोजक उल्का घिमिरेले संघको एकताका लागि पहल भइरहेको बताउनुभयो ।
कार्यक्रममा गैर आवासीय नेपाली संघ पोर्चुगलका पूर्वअध्यक्ष रमेशकुमार गुरुङ, पूर्वआईसिसी सदस्य धनराज शेर्पा, पूर्वआईसीसी सदस्य नारायणकाजी मगर, प्रवासी नेपाली मञ्चका अध्यक्ष राजाराम लामिछाने, नेपाली जनसम्पर्क समितिका सुनिल ढुङ्गाना, नेपाली जनप्रगतिशील मोर्चाका महासचिव प्रदिप अधिकारी, नेपाली महिला समाजकी अध्यक्ष माया खरेल, ताामाङ समाजका सुजन लामा, पत्रकार योगेन्द्रमिलन छन्त्याल, शान्ति अर्याललगायतले पोर्चुगलमा रहेका नेपालीको अवस्था र उनीहरुले झेल्नुपरेका समस्याका विषयमा भनाइ राख्नुभएको थियो ।

कार्यक्रममा सहभागीले पोर्चुगलमा देखापरेका समस्याप्रति यहाँ क्रियाशील संघसंस्था र सरोकारवाला निकाय गम्भीर हुनुपर्नेमा जोड दिँदै दूतावास स्थापनाका लागि पहल गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रम संघका अध्यक्ष सोमफुरी शेर्पाको अध्यक्षता, उपाध्यक्ष निर्मला ढकालको स्वागत तथा महासचिव सुमन शर्मा चम्लागाईंको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }