बुधबार, अशोज १७, २०८०

प्रदेश सरकारको प्रत्याभूत हुने गरि काम गर्न सांसद तामाङद्वारा सरकारको ध्यानाकर्षण


  • आशिष लामा
  • बिहिबार, जेष्ठ ११, २०८०
  • 305
    SHARES

रसुवा । बागमती प्रदेश सरकारले दिदै आएको विभिन्न सेवा लिन प्रदेश राजधानी हेटौंडासम्म सास्ती खेप्दै पुग्नुपरेको बागमती प्रदेश सभा सदस्य प्रभात तामाङ्ले बताएका छन् । बुधबार बागमती प्रदेश सभाको बैठक तथा प्रदेश अधिवेशनमा बिशेष समयमा बोल्दै प्रदेश सरकारले दिने सेवा लिन रसुवा जिल्ला लगायतका नागरिकले सास्ती खेप्दै आएको बताएका हुन ।

विभिन्न मन्त्रालय अन्तर्गतको कार्यन्वयन इकाईका कार्यालयहरु धेरै टाढा र विकसित क्षेत्रको नागरिकसग प्रतिस्पर्धा गर्दा ग्रामीण क्षेत्रका नागरिक तथा कृषकहरु सेवा लिनबाट बन्चित हुने देखिएको तामाङले बताए।

सरकारले भौगोलिक अवस्थाअनुसार चाडैं नै विभिन्न मन्त्रालय अन्तर्गतको कार्यालयहरु जिल्ला जिल्लामा नै स्थापित गरेर सबै जिल्लाको नागरिकलाई सेवा लिने वातावरण तयार पारी नागरिकले पाउने अधिकारको प्रत्याभूत हुने गरि काम गराउनुपर्ने समेत बताए।

आगामी बजेटको सिद्धान्त र प्राथमिकताको छलफलको क्रममा सरकारको ध्यानाकर्षण गराउदै तामाङले सरकारको निति तथा कार्यक्रममा ग्रामीण क्षेत्र र त्यहाँको नागरिकको जनजीविकालाई समेत ध्यानमा राखी प्राथमिकता दिनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ