
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधिसभा सदस्य मोहन आचार्यले नेपालका आयोजनाहरुमा जग्गा प्राप्ती मुख्य समस्याको रुपमा रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभा बैठकमा सरकारको निति तथा कार्यक्रम माथिको छलफलमा आचार्यले नेपालका कुनैपनि आयोजना सम्पन्न गर्न जग्गा प्राप्ती प्रमुख चुनौतीको रुपमा रहेको बताएका हुन् ।
पछिल्लो समय नेपालमा सार्वजनिक खरिदको विषयलाई लिएर पुननिर्माण विकासमा सबैभन्दा अप्ठ्यारो विषय मोबिलाइजेसन एड्भान्स बनेको उनले बताए । उनले प्रोफेसनल र अनप्रोफेसनल कन्ट्रयाक्टरहरु जैवित हुदै गएको र फलस्वरुप कन्ट्याक्टर छुट्याउनका लागि सरकारले एड्भान्स पेमेन्ट बन्द गर्नुपर्ने समेत बताए ।
विकास निर्माणका काममा ल्यान्ड एक्रोसेसन समयमै नहुनु र एक आपसमा मिनिस्टीहरुले बजेट एलोकेसन नगरेर विजुलीका पोल सार्ने देखि लिएर पानीका पाइपहरु नसारेर एउटै काम रिपिट्ली गर्नुपर्ने अवस्था आएको समेत बताए ।
त्यसैगरि आचार्यले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको निति तथा कार्यक्रममा धेरै विषय समेटेर ल्याएको समेत बताएका छन् । उनले भने, सरकारले धेरै विषय निति तथा कार्यक्रममा समेटेको छ । सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने, पुजिगत खर्च बृद्धि गर्ने, शिक्षा स्वास्थ्य क्षेत्रहरुमा उल्लेखनिय सुधार गर्ने, बैदेशिक व्यापार घाटा न्युनिकरण गर्न जलविद्युत, कृषि र पर्यटनलाई प्राथमिकताका साथ ०८०÷८१ को कार्यक्रममा लिएर गएको छ । देशको आर्थिक संकटलाई सहि ढंगले सम्बोधन गर्न वैदेशिक व्यापार घाटालाई कम गर्न गैरआवासिय नेपालीहरुलाई कानुन बनाएर आकर्षक कार्यक्रम ल्याउने सरकारले जमर्को गरेको छ ।