शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बागमती प्रदेशमा चल्ने सार्वजनिक यातायातको भाडा घट्यो, भोलिबाट लागू


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ११, २०८०
  • 96
    SHARES

काठमाडौं । बागमती सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक यातायातको भाडा घटाएको छ । यद्यपि नयाँ भाडादर भोलि राजपत्रमा प्रकाशित भएपछि लागू हुने श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।

घटेको भाडादर अनुसार अब सार्वजनिक गाडी चढ्दा न्यूनतम १७ रूपैयाँ लाग्ने भएको छ । अहिले २० रूपैयाँ छ । मन्त्रालयका प्रवक्ता शंकरराज पाठकका अनुसार भाडा घटाउने निर्णय भएको बताए ।

उनले भने, ‘डिजलको मूल्य घटेसँगै प्रदेशले भाडादर समायोजन गरेको हो । भोलि राजपत्रमा प्रकाशित भएपछि नयाँ भाडादर लागू हुनेछ । काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक यातायातको भाडा ५.९० प्रतिशत घटाउने निर्णय भएको छ । उपत्यका बाहिर चल्ने सार्वजनिक सवारीसाधनको ४.१८ प्रतिशत र मालवाहक सवारीसाधनको ५.६९ प्रतिशत भाडा घट्ने छ ।’

पेट्रोलियम पदार्थमको मूल्य तलमाथि हुँदा भाडा पनि समयोजन हुने गरेको छ । पछिल्लो समय नेपाल आयल निगमले डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घटाएको थियो । भने नयाँ मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ कायम गरेको थियो । यसअघि नै संघीय सरकारले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीमा भाडादर समायोजन गरिसकेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }