मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

पशुपतिको जलहरीको विषय असत्य, आधारहिन र भ्रामक : ओली


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १२, २०८०
  • 110
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका सांसद लेखनाथ दाहाललाई देशद्रोहीको संज्ञा दिएका छन्।

देशमा कोही पनि इमान्दार मान्छे छैनन् भनेर देखाउन सांसद दाहालले संसदमा आफूमाथि पशुपतिनाथमा सुनको भनेर पित्तलको जलहरी चढाएर भ्रष्टाचार गरेको अभिव्यक्ति दिनु देशद्रोह नै भएको उनको जिकीर थियो।

पार्टीको स्कुल विभाग र स्थानीय निकाय विभागले शुक्रबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले त्यस्ता असत्य, आधारहिन र जनतालाई भ्रममा पार्ने कुरालाई पुष्टि गर्ने कुनै आधार नभएको पनि बताए।

एउटा जड्याहाले पनि नबोल्ने खालको अभिव्यक्ति सांसद दाहालले दिएकाले एमालेले त्यसको विरुद्ध संसद अवरुद्ध गर्नु परेको पनि अध्यक्ष ओलीको बताए। उनले कुनै पनि भ्रष्टाचारको काण्डमा एमाले संलग्न नभएपनि सत्तारुढ दलहरुले मिलेर आरोप लगाईरहेको समेत बताए।

अध्यक्ष ओलीले सांसद दाहालप्रति संकेत गर्दै सामाजिक मर्यादाको समेत ख्याल नगर्नेहरु सांसद भएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले मुलुकलाई लोकतान्त्रिक, विकसित, आधुनिक र समृद्ध बनाउने अभियानलाई आफ्नो पार्टीले सफल बनाउने दावी समेत गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }