शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

संसद् बैठक शनिबार दिउँसो ४ बजे बस्ने


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १२, २०८०
  • 96
    SHARES

काठमाडौँ । आज (शुक्रबार) साँझ ६ बजेका लागि सारिएको प्रतिनिधि सभाको बैठक शनिबार दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको छ।

संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जारी गरेको सूचनामा विशेष कारणवश बैठक शनिबार दिउँसो ४ बजेका लागि निर्धारण गरिएको उल्लेख छ।

आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद्‌मा अवरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको थियो। सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गरेका थिए।

एमालेले अध्यक्ष केपी शर्मा ओलीमाथि सत्तापक्षले पशुपतिको मन्दिरको गजुरका विषयमा आधारहीन आरोप लगाएको भन्दै एमाले सांसदले बेल घेराउ गरेका थिए।

सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख घिमिरेले पटक-पटक सांसदहरूलाई बस्न आग्रह गरेका थिए। तर, सरकारबाट प्रस्ट जवाफ नआएसम्म आफूहरूले संसद्‌ अवरोध भन्दै एमाले सांसदहरूले बेल घेराउ गरेका थिए।

त्यसपछि सभामुखले बैठक स्थगित गरी दिउँसो ३ बजेका लागि समय निर्धारण गरेका थिए तर दिउँसो ३ बजेको बैठकमा पनि कुनै सहमति हुन नसकेपछि बैठक साँझ ६ बजेका लागि बोलाइएको थियो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }