सोमवार, असार ३१, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

यी हुन् कालोसूचीमा परेका १० सहकारी र तीनका सञ्चालक


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १२, २०८०
  • 155
    SHARES

काठमाडौं । जेठ महिनाको पहिलो दोस्रो साता नबित्दै १० वटा सहकारी संस्था कालोसूचीमा परेका छन् । जेठ ९ गतेसम्म १० सहकारी संस्थालाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको हो । केन्द्रले विभिन्न संघ, संस्था तथा व्यक्तिले दिएको उजुरीको आधारमा उक्त सहकारीहरूलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्ने सहकारीहरुमा लालीगुराँस सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ, तुलसी बहुमुखी सहकारी संस्था लिमिटेड, उपलब्धि मल्टिपपर्स को(अपरेटिभ, शान्ति सन्देस सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ, पश्चिमोदय बचत तथा ऋण सहकारी संस्था र सम्बर्द्धन सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ छन् ।

त्यसैगरी, अस्ट सेभिङ एण्ड क्रेडिट अपरेटिभ, असर्फी सेभिङ एण्ड क्रेडिट को(अपरेटिभ, जेस्ट सेभिङ क्रेडिट को(अपरेटिभ र शिव शिखर मल्टिपपर्स को(अपरेटिभलाई पनि कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ ।

लालीगुराँस सेभिङको सञ्चालकमा धन बहादुर तामाङ, ढुन्डी राज बम्जन तामाङ र सोम थापा मगर छन् । तुलसी बहुमुखी सहकारीको सञ्चालकमा केदार नाथ शर्मा र सबिन न्यौपाने छन् । तुलसी बहुमुखी सहकारीलाई २ पटक कालोसूचीमा राखेको हो ।

उपलब्धि मल्टिपपर्स को(अपरेटिभको सञ्चालकमा अनिल प्रसाद खनाल, देवराज शर्मा, प्रतिभा निरौला र योग राज पौडेल छन् । शान्ति सन्देश सेभिङको सञ्चालकमा मुरारी कोइराला, राजेन्द्र कुमार कार्की र शिव प्रसाद घिमिरे छन् । पश्चिमोदय बचत तथा ऋण सहकारीको सञ्चालकमा देवराज न्यौपाने, कृष्ण बन्धु रेग्मी, राज कुमार तामाङ, रमिला बस्नेत र सुस्मा सापकोटा छन् ।

सम्बर्द्धन सेभिङको सञ्चालकमा चन्द्रिका खड्का, दिनेश कालिकोटे र प्रकाश लकाई छन् । अस्ट सेभिङको सञ्चालकमा अनिल खड्का र जीवन बुढाथोकी छन् ।

त्यसैगरी, असर्फी सेभिङको सञ्चालकमा अविनास कार्की, विदुर सिवाकोटी, कृष्ण कुमारी आले, मिना कुमारी थापा र टेक बहादुर आले छन् ।

जेस्ट सेभिङ क्रेडिट को(अपरेटिभको सञ्चालकमा चर्चित हास्य कलाकार मधु सुदन पाठक, बद्रीप्रसाद हुमागाईं, इन्दिरा अधिकारी र निशा रिमाल कार्की छन् भने शिव शिखर मल्टिपपर्सको सञ्चालकमा आमेश राजभण्डारी, लिलानाथ गौतम, पुस्कर मल्ल, राजु सखार्मी, सुशील बानिया र तेज बहादुर तामाङ छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }