शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारको नीति तथा कार्यक्रम छोराछोरी जन्माइसकेपछि जन्माउने बारेको छलफल


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ १३, २०८०
  • 93
    SHARES

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम समयमा प्रस्तुत हुन नसकेको बताएका छन्।

शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकारको नीति तथा कार्यक्रम ढिला गरी प्रस्तुत भएको बताएका हुन्।

उनले नीति तथा कार्यक्रम समयमा नै छलफल गर्न समय पुग्नेगरी प्रस्तुत हुने समय निर्धारण हुनुपर्ने बताए। उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम छोराछोरी जन्माइसकेपछिको छोराछोरी जन्माउने बारेको छलफल जस्तोभएको टिप्पणी गरे। सरकारले आवश्यक्ता हेरेर बजेट ल्याउनुपर्नेमा उनले जोड दिए।

उनले भने, ‘हामीले फ्रिसँग नेपाली जनता, राष्ट्र, समस्याको विषयमा फ्रिसँग बोल्न पाउनुपर्ने हो। तर आज ठूला मान्यज्युहरुलै बोल्दा मनपरी समय निर्धारण नहुने, सांसदले बोल्दा समय तोक्ने कुरा गलत छ। यसलाई सच्याउनुपर्छ। आज हामी यो विषयमा छलफल गर्नु भनेको छोराछोरी जन्मिसकेका छन्, आज हामीले छोराछोरी जन्माउने बारेमा छलफल गरिरहेका छौँ, कुन विषय कहिले उठाउने यसमा कन्फर्म गरौँ । नियमावलीमा करेक्शन गरेर भएपनि समय निर्धारण गरौँ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }