बिहिबार, बैशाख ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जलहरी प्रकरणमा निराधार आरोप लगाएको भन्दै युवा संघको बिरोध प्रर्दशन


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ १३, २०८०
  • 73
    SHARES

काठमाडौं । नेकपा एमाले निकट युवा संघ नेपालले नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले संसदमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पशुपतिनाथको जलहरी प्रकरणमा लगाएको आरोपविरुद्ध प्रदर्शन गरेको छ।

शनिवार काठमाडौंको बानेश्वर चोकमा युवा संघ नेपालले बिरोध गरेको हो। प्रतिनिधि सभामा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद दाहालले जलहरी सुनको नभई पित्तलको भएको र यसको सम्पूर्ण जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने अभिव्यक्ति दिएका थिए।

सोही विषयलाई लिएर युवा संघले बिरोध जुलुस गरेको हो। प्रतिनिधि सभाको जेठ ११ गतेको बैठकमा नेकपा एमालेले बिरोध जनाएको थियो।  प्रदर्शनमा सहभागीले सिसिटिभी फुटेज खाने मुसा कहाँ गयो?, लडाकु घोटाला छानबिन गर, राजन दाहाल सोचेर बोल, युवाले खोल्दैछन् पोल लगायतका प्लेकार्ड बोकी बिरोध जनाएका थिए। यद्यपी प्रतिनिधि सभाको आजको बैठकमा सांसद दाहालद्वारा अभिव्यक्त गर्नुभएको शब्द संसदको रेकर्डबाट हटाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }