
काठमाडौं। बरिष्ठ समालोचक गोपी मैनालीको ‘रमेश विकल समालोचनात्मक अन्वेषण’ र बरिष्ठ समालोचक ठाकुर शर्मा भण्डारीको ‘हास्यव्यङ्ग्य महाराथी भैरव अर्याल’ १६गणतन्त्र दिवसका उपलक्ष्यमा आयोजित गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपककुुमार रिसालले विमोचन गर्नु भयो ।
गोकर्णेश्वर नगरपालिकाका दुुई साहित्य महारथी रहेश विकल र भैरव अर्यालका विषयमा दुुई राष्ट्रिय व्यक्तित्व विद्वान मैनाली र अर्का विद्वान ठाकुर शर्माको वस्तृत र खोजपूर्ण समालोचना सङ्ग्रह प्रकाशनमा गोकर्णेश्वर नगरपालिकाबाट सहयोग गर्न पाएकोमा आफूनिकै खुसी भएको कुरा प्रमुख रिसालले बताउनुभयो ।
गोपी मैनालीको समालोचनात्मक अन्वेषणमाथि बरिष्ठ समालोचक तथा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय शिक्षण विभागका प्रमुख प्रा डा खगेन्द्रप्रसाद लुुइटेलले मैनालीको समालोचना निकै गहन र व्यापक एवम् निकै सरल भएको र समालोचना कस्तो हुनुुपर्छ भन्ने उदाहरण दिएको उल्लेख गर्नु भयो । साथै रमेश विकलका कथा, उपन्यास, निवन्ध, नियात्रा, आत्मकथा, नाटक र बाल साहित्य सबैमा गहन विश्लेषण र मूल्याङ्कन भएको समेत बताउनु भयो । यस कृतिले विकलको सम्पूर्ण सिर्जनाको न्यायपूर्ण समालोचना गर्दै नेपाली साहित्यमा विकलको स्थान समेत निर्धाण गरिएको निष्कर्ष पनकाल्नुभएको थियो । अर्का टिप्पणीकर्ता साहित्यकार पुरुषोत्तम सुवेदीले पनि गोपी मैनालीको समालोचना निकै गहन भएको कुरा उल्लेख गर्नु भएको थियो ।
ठाकुरा शर्माद्वदारा लिखित समालोचनामाथि बरिष्ठ साहित्यकार भागवत ढकलाले टिप्पणी गर्दै भैरव अर्यालको सम्पूर्ण कृति तथा व्यक्तित्वको विश्लेषण गरिएकोमा शर्मालाई धन्यवाद दिदै अर्यालका विषयमा जान्न् उही कृति काफि हुने बताउनुु भयो । अर्का टिप्पणीकर्ता बरिष्ठ साहित्यकार नरनाथ लुुइटेलले पनि ठाकुर शर्माको लेखन शैलीको प्रशंसा गर्नु भयो ।
बरिष्ठ साहित्यकार तथा साहित्यिक पत्रकार रोचक घिमिरेले बरिष्ठ समालोचक मैनालीलाई व्यवस्थापनका क्षेत्रमा जस्तै साहित्यका विधाहरुमा पनि अव्वल रहेको नेपाली साहित्यमा उहाँबाट अरु कृतिहरु आओस भन्ने शुुभकामना दिनुभयो । त्यस्तै बरिष्ठ समालोचक श्रीशर्मा नेपाली साहित्यमा अनवर लागि रहेको र उहाबाट पनि थप समालोचनात्मक कृति आओस भन्ने शुुभकामना दिनु भयो ।
कार्यक्रममा सुरभि साहित्य प्रतिष्ठानका संरक्षक एवम् बरिष्ठ समालोचक एवम् बरिष्ठ लघुकथाकार युवराज मैनालीले दुुई महान सर्जकका विषयमा कृति प्रकाशनको सन्दर्भ उल्लेख गर्दै स्थानीय नगरपालिका र सुरभि साहित्य प्रतिष्ठानले प्रज्ञा प्रतिष्ठानले गर्न नसकेको काम गरेको नगरपालिकाको प्रशंसा गर्दै बरिष्ठ दुुई समालोचकबाट अव्वल कृतिहरु प्रकाशन भएकोमा खुसी व्यक्त गर्नुभयो । सरभिका अर्का संरक्षक गोविन्द घिमिरे वेदमणिले पनि दुुई बरिष्ठ समालोचकको कृतिको उच्च प्रशंसा गर्नुभयो ।
बरिष्ठ राहित्यकारहरु विजय चालिसे, लव गाउले, श्रीहरि फुुयाल, बिमल भौकाजी लगायत दुुईसय साहित्यकार र साहित्यानुरागीले भाग लिएको कार्यक्रमको सभापतित्व सुरभि साहित्य प्रतिष्ठानका अध्यक्ष एवम् बरिष्ठ कथाकार श्री बाजुराम शर्माबाट र प्रतिष्ठानका सचिव अच्युत घिमिरेबाट भएको थियो ।