
काठमाडौँ । नेपाल पत्रकार महासंघले महासंघ अर्घाखाँची शाखाका कार्यसमिति सदस्य तथा हिन्दुखबर डटकमका प्रधानसम्पादक एवं ग्यालेक्सी फो के टेलिभिजनका सम्वाददाता घनश्याम पौडेल र सञ्चारकर्मी रूकमागत भट्टराईलाई समाचार संकलनका क्रममा गरिएको दुव्र्यवहार र सञ्चार सामग्री खोसिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव रोशन पुरीले आज एक विज्ञप्ती जारी गरी आइतबार अर्घाखाँचीको पाणिनी गाउँपालिका ६ धातिवाङ्गस्थित धातिवाङ्ग माध्यामिक विद्यालयको विद्यायल व्यवस्थापन समिति गठन प्रक्रियाको स्थलगत रिपोर्टिङ्गका लागि पुगेका पत्रकारद्वयलाई विद्यालयका प्रधानाध्यापक, शिक्षक र उपस्थित केही अभिभावकसहितले दुव्र्यवहार र हातपात गर्दै पत्रकारको क्यामेरा र माइकसमेत खोसेका बताएका छन् ।
शिक्षकजस्तो सम्मानजनक र बौद्धिक क्षेत्रमा कार्यरत व्यक्तिसहित पत्रकारमाथि गरिएको यो हर्कत अत्यन्त निन्दनीय प्रेसविरोधी काम भएको महासंघले जनाएको छ । महासंघले घटनामा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन तथा पत्रकारलाई सहजतापूर्वक सञ्चारकर्ममा जुट्ने वातावरण निर्माण गर्न र आगामी दिनमा यस्ता घटना नदोहोरिनेतर्फ विशेष ध्यान दिन सम्बन्धित निकाय सँग माग गरेको छ ।