बुधबार, अशोज १७, २०८०

नेपाल ट्रेड युनियन काँग्रेस बागमती प्रदेशको अध्यक्षमा गणेश भट्टराईले उम्मेदवारी दिने


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १६, २०८०
  • 581
    SHARES

काठमाडौँ । नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेस बागमती प्रदेशको अध्यक्षमा गणेश भट्टराईले उम्मेदवारी दिने हुनुभएको छ ।

नेपाल ट्रेड युनियन काँग्रेस बागमती प्रदेशको आगामी जेठ २० र २१ गते काठमाडौँमा हुन लागेको महाधिवेशनमा श्रमिक नेता भट्टराईले उम्मेदवारी दिन लाग्नुभएको हो ।

नेपाल ट्रेड युनियन आन्दोलनमा लामो समयदेखि सङ्घर्षरत भट्टराईले गत महाधिवेशनमा पनि अध्यक्षको उम्मेदवारी दिनुभएको थियो ।

को हुन् गणेश भट्टराई ?

विस २०२७ वैशाख ९ गते पिता केशवराज भट्टराई र माता किरणकुमारी भट्टराईको कोखबाट जेठो सुपुत्रका रुपमा काठमाडौँमा जन्मनुभएका गणेश लामो समयदेखि ट्रेड युनियन आन्दोलनमा सक्रिय हुनुहुन्छ ।

विस २०५३ सालमा नेपाल शिक्षक संघ काठमाडौँ क्षेत्र नं २ को संयोजक भएर कुशलतापूर्वक ढंगले काम गर्नुभएका गणेश सोही समयमा नेपाल ट्रेड युनियन काँग्रेसको प्रचार विभागको सदस्यसमेत हुनुभएको थियो ।

विस २०५५ सालमा नेपाल शिक्षक संघ काठमाडौँको सहसचिव भएर काम गर्नुभएका गणेश विस २०५८ सालमा नेपाल ट्रेड युनियन काठमाडौँको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

विस २०६४ सालमा नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँ जिल्लाको अध्यक्षमा निर्वाचित हुनुभएका उहाँ दोस्रो कार्यकालका लागि पुन विस २०६९ मा निर्वाचित हुनुभयो ।

दश वर्ष निरन्तर नेपाल ट्रेड युनियन काँग्रेस काठमाडौँको नेतृत्व गर्नुभएका उहाँ कुशल संगठकसमेत हुनुहुन्छ । उहाँले दश वर्षको मजदुरको हक, हित र अधिकारका लागि २०० भन्दा बढी कार्यक्रम गर्नुभएको थियो ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ