बिहिबार, बैशाख ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल–भारत काव्यगोष्ठी सम्पन्न


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १७, २०८०
  • 147
    SHARES

बैतडी। बैतडीमा नेपाल–भारत काव्यगोष्ठी मङ्गलबार सम्पन्न भएको छ । स्थानीय लोक संस्कृतिको संरक्षण गर्ने उद्देश्यले डिलाशैनी गाउँपालिका–६ गोकुलेश्वरमा आयोजित चर्मण्यावती साहित्य सम्मेलत तथा नेपाल–भारत काव्यगोष्ठी ११ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशी र राष्ट्रियता संरक्षण अभियानका अभियन्ता हेमबाबु लेखकले उक्त घोषणापत्र जारी गर्नुभएको हो । कार्यक्रममा उपस्थित नेपाल र भारतका कवि तथा साहित्यकारले मानसखण्ड क्षेत्रको लोक संस्कृति जगेर्नाका लागि सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्नुपर्ने धारणा राखेका थिए । घोषणापत्र जारी गर्दै डिलाशैनीका अध्यक्ष जोशीले चर्मण्यावती ९चमेलिया० सभ्यताको अध्ययन एवं प्रचार–प्रसारका लागि गाउँपालिकाले भूमिका खेल्ने बताउनुभयो ।

सम्मेलनले स्थानीय लोक संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने सहभागीले बताए । नेपाल र भारतको कला तथा संस्कृतिमा एकरुपता रहेको र यसको जगेर्नाका लागि सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने उपस्थित सहित्यकारको जोड थियो । सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री तथा साहित्यकार राजेन्द्रसिंह रावलले नेपाल र भारतबीच रोटीबेटीको सम्बन्धमात्रै नरहेको उल्लेख गर्दै दुवै देशको संस्कृतिको पनि सम्बन्ध रहेको बताउनुभयो । उहाँले दुवै देशको विभिन्न संस्कृति मिल्ने भएकाले त्यसको संरक्षणमा जोड दिनुभयो । उत्तराखण्ड र सुदूरपश्चिमको संस्कृति एकनासको रहेकाले यसको संरक्षणमा दुवै देशका नागरिक जुट्नुपर्ने उहाँको भनाइ थियो ।

साहित्यकार पुरनसिंह दयालले दुई देशका नागरिकको सम्बन्ध सुमधुर बनाउन चर्मण्यावती साहित्य सम्मेलन फलदायी रहने बताउनुभयो । समाजसेवी महेशदत्त भट्टले चौलानी नदी सङ्कटमा पर्दै गएकाले यसको संरक्षणमा जोड दिनुभयो ।

भारतीय साहित्यकार तथा नयामुक्त अभियानका अभियन्ता डा पिताम्बर अवस्थीले गाउँपालिकाले पहिलोपटक आयोजना गरेको साहित्य सम्मेलनको प्रशंसा गर्दै नेपालको एउटा दुर्गम क्षेत्रमा लोक संस्कृति जगेर्नाका लागि गरिएको यो प्रयास नेपाल र भारतका अन्य क्षेत्रका लागि प्रेरणाको स्रोत भएको बताउनुभयो ।

आयोजक संस्था राष्ट्रियता संरक्षण अभियानका संयोजक हेमबाबु लेखकले राष्ट्रिय भावना जागृत गराउन तथा मानसखण्ड लोक संस्कृतिको जगेर्नाका लागि कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । सम्मेलनको उद्घाटन सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }