शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

स्वतन्त्रता (लघुकथा )


  • गाेपीराम भण्डारी 'बटुवा'
  • बुधबार, जेष्ठ १७, २०८०
  • 243
    SHARES

स्वतन्त्रता

विद्यालय संचालक चतुरमान चौतारोमा आयो र पिपलको फेदमा ढाड अडाएर आकास तर्फ फर्केर भन्यो–“धन्यवाद भगवान मलाई नेपालमै जन्माएकोमा ! धन्न अमेरिका तिर जन्मिएनछु उता जन्मिएको भए मैले के गर्थेँ होला र ? शिक्षा, स्वास्थ्य दिएर सरकारले मेसिन जस्तै जोती रहन्थ्यो । कम्तिमा नेपालमा स्वतन्त्रता त छ । स्वाभिमानको स्वतन्त्रता ! यहाँ गर्न नपाउने के छ र ? कस्लाई के ले बाँधेको छ र ?” चतुरमानले आफूसँग आफैले गरेको वार्तालापको हाउभाउ देखेर डोकामा चामल र हातमा किताबको भारी बोकेर उकालो चढ्दै गरेको धतुरे काइलाले भन्यो–“के पारा हो चतुरमान एक्लै एक्लै ।”

चतुरमान शसंकित हुँदै भन्यो–“समाज सेवा गर्न पनि के समूह बनाउनु त ?” चोरको खुट्टा काटिन्छ भन्दा चोरले खुट्टा ताने झै उसले आफ्नो कर्मको मर्म कसैले नबुझोस् भनेर थप प्रष्टाउदै भन्यो–“हामीले त यसपाली अभिभावकलाई स्कूलको किताव जता सस्तो पाइन्छ । उतै किन्न छुट दियौ नि ! विद्यार्थीलाई सजिलो होस् भनेर यसपाली पुस्तक पसल पनि छान्न दियौ । प्रकाशन मात्र त हाे हामीले छानेका !

चतुरमानका चतुराईपूर्ण कलात्मक कुराले धतुरे काँइलाको कम्परो तात्यो । उसले बच्चाको किताब खोज्नमा पूरै दिन खर्च गरेको थियो । अन्त्यमा उही पुरानो पसलबाट सधै भन्दा बढ्ता तिरेर ल्याएको थियो । उसले हावामा लोप्पा लगाउदै भन्यो–“नापिस पाजी तिमीहरू जस्ता काजी रहेसम्म यो समाज र संस्कृतिको उन्नति त पानी छम्कने हो ! तेरो कुरा सुन्नु भन्दा त चौतारीमै बस्दिन” ऊ उकालो चढ्याे । चतुरमानले धतुरे काइलालाई भन्यो–“पख न पख सँगैजाँउला तेरो तेत्रो भारी छ ,मैले थोरै सघाँउला नि ।” उसको भनाइप्रति असहमति जनाउँदै धतुरे काइलोले भन्यो–“हो हो सघाइ रहेका छौ तिमीहरूले नागरिकका थाप्लोमा ऋण र गुलामी थोप्ने अनि मुटुकलेजा कोपर्ने बहादुर देश भक्तहरू ।” धतुरेको व्यङ्ग्यले चतुरेमानको स्वाभिमानमा चोट लाग्यो ।

उसले रिसाँउदै भन्यो–“नागरिकको स्वतन्त्रता र गणतन्त्रात्मकताका लागि योेगदान दिने हामी स्वतन्त्रताका सेनानीलाई आरोप लगाउने ?” धतुरेलाई पनि स्वतन्त्रता प्रयाेग गर्न मन लागेछ बोकेको भारी डिलमा फ्यात्त फालेर चतुरमानकाे दाहिले गालामा जोडले पड्काउदै भन्यो–“लौ खा ।” चतुरमानले ट्वा परेर दुखेकाे गालाे छाम्दै धतुरेको आक्रोसित अनुहारमा स्वतन्त्रता पूर्वक हेरिरह्यो !!!

-गाेपीराम भण्डारी ‘बटुवा’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }