
रसुवा । रसुवाको नौकुण्ड गाउँपालिकामा विद्यालयस्तरिय पत्रकारिता ज्ञान सम्बधि अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । नौकुण्ड गाउँपालिकाको आर्थिक सहयोगमा माउन्टेन खबर प्रालिद्धारा संचालित माउन्टेन खबर डटकमले आजदेखि गाउँपालिकामा विद्यालय स्तरिय पत्रकारिता ज्ञान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सुरु गरेको हो ।
पालिकाको निर्कुभुमे माध्यमिक बिद्यालय, बागेश्वरी माध्यमिक बिद्यालय, गौतम बुद्ध माध्यामिक बिद्यालय, गोसाइँकुण्ड माध्यामिक बिद्यालय र नारायण माध्यामिक बिद्यालयका पत्रकारिता ज्ञान सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
अभिमुखिकरण कार्यक्रममा वरिष्ट पत्रकारहरु सविन धमला, प्रदिप चापागाईं र शुसिल कोइरालाले पत्रकारिताबारे बिद्यार्थीहरुलाई ज्ञान दिनेछन् ।
तालिम व्यवस्थापनको संयोजन नेपाल प्रेस युनियन रसुवाका सभापति आषिश लामा तामाङ्गले गरेका थिए।
उक्त अभिमुखिकरणले गाउँपालिकामा हुने गतिविधिहरुलाई संचारमाध्यमबाट सहयोग पुग्ने अपेक्षा गरिएको बताइएको छ ।