शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको भारत भ्रमणको मुख्य उपलब्धि : नेपाल-भारतबीच क्युआर कोडमार्फत कारोबार गर्न दुई पक्षीय सम्झौता


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १८, २०८०
  • 139
    SHARES

काठमाडौँ ।  नेपाल र भारतबीच क्युआर कोडमार्फत वित्तीय कारोबार गर्न दुई पक्षीय सम्झौता भएको छ । यो सम्झौतालाई प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मुख्य उपलब्धिको रुपमा लिइएको छ ।

अहिलेसम्म कार्डको माध्यमबाट वस्तु तथा सेवा खरिदमा क्रस बोर्डर (अन्तरदेशीय) भुक्तानी गर्न सकिए पनि क्युआर कोडमार्फत वित्तीय कारोबार गर्न पाइँदैन । तर, अब भारतमा भुक्तानी प्रणाली सञ्चालन गरिरहेको दुई कम्पनीहरूको ‘सिस्टम कनेक्ट’ गर्ने सम्झौतामा नेपाल क्लियरिङ हाउस र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाबिच सम्झौता भएको छ ।

नेपाल राष्ट्र बैंकको समेत लगानीमा स्थापना भएर विद्युतीय भुक्तानी प्रणाली विकास गरेको नेपाल क्लियरिङ हाउस र रिजर्भ बैंक अफ इण्डिया (आरबीआई)को समेत लगानीमा भारतमा विद्युतीय भुक्तानी प्रणालीको सिस्टम विकास गरेको नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डियाको प्रणाली इन्ट्रिग्रेसन मार्फत नेपाल भारत क्रस बोर्डर विद्युतीय भुक्तानीको सुरु गर्ने सम्झौता भएको छ । यो सम्झौता भएसगै नेपालमा भारतिय पर्यटक आगमनमा वृद्धि हुने देखिएको छ । भने नेपालबाट भारत जाने नेपालीहरुमा समेत क्युआर कोडमार्फत वित्तीय कारोबार गर्न पाउने भएसगै सहज हुने भएको छ ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपाल क्लियरिङ हाउस र एनपीसीआई क्रस बोर्डर भुक्तानी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा हस्ताक्षर गर्दै नेपाली क्लियरिङ हाउसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधान र एनपीसीआईको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रितेश शुक्लाले सम्झौता आदानप्रदान गरेका छन् ।

सम्झौतापछि नेपाली नागरिकले भारतीय बजारमा र भारतीय नागरिकले नेपालमा वालेट र मोबाइल बैङ्किङको माध्यमबाट क्युआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्ने छन् ।

भारतीय प्रधानमन्त्री मोदीले भने, ‘भारत–नेपाल पर्टनरसीप सुपरहिट बनाउँछौँ’

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल र भारतबीच पछिल्ला नौ वर्षमा धेरै प्रगती भएको बताउँदै रेलवे सुरुवात, पेट्रोलियम पाइपलाइन लगायत थुप्रै काम गरेको बताएका छन् । भविष्यमा आफ्नो पर्टनरसीपलाई सुपरहिट बनाउन महत्त्वपूर्ण निर्णय भएको बताउँदै नयाँ रेल सम्झौता गरी भारतीय रेल संस्थामा नेपाली कर्मचारीलाई प्रशिक्षण दिने सम्झौता भएको जानकारी दिए ।

क्रस बोर्डर पेमेन्ट समझदारीले विद्यार्थी तथा पर्यटकलाई निकै सहयोग पुग्ने विश्वास उनले वक्त गरे । त्यस्तै आउने १० वर्षमा १० हजार मेगावाट बिजुली आयात गर्ने लक्ष्य राखिएको बताउँदै उनले फुकोट कर्णाली हाइड्रपावरलगायतका आयोजनामा भारतले मिलेर काम गर्ने जानकारी गराए । अमलेखगन्जको पाइपलाइनलाई विस्तार गरी चितवनीसम्म पुर्याउने बताएका उनले झापा सिलिगुडीमा नयाँ पाइपलाइन बनाउने पनि जानकारी गराए ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणमा सिलगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण कार्यको समझदारीदेखि क्रस बोर्डर डिजिटल पेमेन्ट समझदारी भएको छ ।

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स‌ंयुक्त पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी दिएका हुन् ।

यस्ता छन् संयुक्त पत्रकार सम्मेलनका मुख्य आकर्षण :

–भारतको बथनाहाबाट विराटनगर कस्टम यार्डसम्मको कार्गो रेल सेवाको उद्घाटन
–सुनौली भैरहवा इन्टीग्रेटेड चेकपोस्टको शिलान्यास
–नेपालगञ्ज रूपैडिया इन्टीग्रेटेड चेकपोस्टको उद्घाटन
–अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाईनको शिलान्यास
–सिलीगुड़ी–झापा पेट्रोलियम पाईपलाईन निर्माण कार्यको समझदारी
–दोधारा चाँदनी इन्टीग्रेटेड चेक पोस्ट निर्माणको समझदारी
–फुकोट कर्णाली हाईड्रोपावर प्रोजेक्टमा सम्झौता
–क्रस बोर्डर पेमेन्टबारे समझदारी

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }